• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

स्वर्गद्वारी र ऐरावतीका विद्यालय संचालनमा आउने


  •    सुचना डबली डेस्क / २०७७, ६ मंसिर शनिबार १७:५७ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    प्यूठान, मंसिर ५। कोभिड १९ को संक्रमणका कारण बन्द रहेका प्यूठानको स्वर्गद्वारी नगरपालिका र ऐरावति गाउँपालिका भित्रका विद्यालय संचालन हुने भएका छन् । नेपाल सरकारद्वारा जारी विद्यालय सञ्चालन सम्वन्धी कार्यढाँचा २०७७ अनुसार स्वास्थ्य मापदण्ड पुरा गर्दै  विद्यालय सञ्चालन गर्ने आज शनिवार निर्णय गरेका हुन् ।

    शनिवार बसेको ऐरावति गाउँपालिका स्तरीय सर्वपक्षिय सर्वदलिय बैठकले मंसिर ७ गते भोलि आईबारदेखि विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष नविल विक्रम शाहले जानकारी दिए । विद्यालयलाई स्वास्थ्य मापदण्डहरु पालना गरी उच्च सतर्कताका साथ सजकता अपनाई विद्यालय सञ्चालन गर्न आग्रह गरिएको शाहले बताए ।

    यस्तै आज नै बसेको स्वर्गद्वारी नगर शिक्षा समिति र कोभिड १९ संकट ब्यवस्थापन केन्द्रको संयुक्त बैठकले नगरपालिका भित्रका विद्यालय मंसिर ८ गते पर्सि सोमवारदेखि सञ्चालन गर्ने गरिएको नगरपालिकाका मेयर नेत्रबहादुर रोकायले जानकारी दिनुभयो । स्वास्थ्य मापदण्ड पुरा गर्दै प्राथमिक विद्यालयका सबै कक्षाहरु सञ्चालन हुनेछन् भने आधारभुत र माध्यमिक तहका विद्यालयको हकमा मंसिर १९ गतेसम्म जोर विजोड प्रणालीमा कक्षा सञ्चालन गरिने भएको हो । साथै कोभिड–१९ संक्रमण रोकथामको लागि नगरपालिका अन्तर्गत हुने कूल पूजा (देवाली) स्वास्थ्यको मापदण्ड अपनाइ प्रतिनिधि मूलक तवरले भिड्भाड नहुने गरी गर्न अनुरोध समेत गरेको छ ।

    जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र ९डिसिसिएमसी०को गत बिहिवार बसेको बैठकले बिद्यालय पठनपाठन स्थानीय तहले कोभिडको अवस्था, सहजता हेरेर आवश्यक निर्णय लिन सक्ने निर्णय गरेको थियो ।

    सोही अनुसार पालिकाहरुले बिद्यालय खोल्ने निर्णय गरेको हो । ऐेरावति गाउँपालिका भित्र ४१ वटा विद्यालय र स्वर्गद्वारी नगरपालिका भित्र ५३ वटा विद्यालय रहेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अनेरास्ववियू रुपन्देहीद्वारा आयल निगम घेराउ
    रुपन्देहिमा जिल्ला स्तरीय अन्तर मा.बि. टेबल टेनिस प्रतियोगिता हुने
    झिमरुकमा ‘उपाध्यक्ष कोसेली’ कार्यक्रम मार्फत जेष्ठ नागरिकलाई कोसेली
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. जिल्ला स्तरीय टेबल टेनिसमा न्यु होराईजन प्रथम

    • २. अनेरास्ववियू रुपन्देहीद्वारा आयल निगम घेराउ

    • ३. रुपन्देहिमा जिल्ला स्तरीय अन्तर मा.बि. टेबल टेनिस प्रतियोगिता हुने

    • ४. झिमरुकमा ‘उपाध्यक्ष कोसेली’ कार्यक्रम मार्फत जेष्ठ नागरिकलाई कोसेली

    • ५. कालिका विकास केन्द्रको अध्यक्षमा श्रेष्ठ

    धेरै पढिएको
    • १. अनेरास्ववियू रुपन्देहीद्वारा आयल निगम घेराउ

    • २. जिल्ला स्तरीय टेबल टेनिसमा न्यु होराईजन प्रथम

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष: शिशिर के सी

    सम्पादक:किशोर पुन मगर

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.