• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

वाग्मती सफाइ महाअभियानः ४००औँ हप्तालाई विशेष बनाइने


  •    सुचना डबली डेस्क / २०७७, ७ मंसिर आईतवार १३:४६ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

     

    काठमाडौं,मंसिर ७ | वाग्मती सफाइ महाअभियानको ४०० हप्ताको कार्यक्रमलाई विशेष कार्यक्रम बनाउने तयारी शुरु भएको छ । विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको सफाइ स्वयंसेवी महाअभियान आगामी पुस २५ गते ४०० औँ हप्तामा प्रवेश गर्दैछ । महाअभियान ४०० औँ हप्तामा प्रवेश गर्न लागेका अवसरमा केही विषयलाई स्पष्ट पारेर अघि बढ्नुपर्नेमा मुख्य अभियानकर्मी एवं पूर्व मुख्यसचिव लीलामणि पौडेलले जोड दिएका छन् ।

    भर्चुअल माध्यमबाट आइतबार आयोजना गरिएको छलफल कार्यक्रममा उहाँले महाअभियान विनापैसाको एवं कुनै समिति नबनाइ सञ्चालनमा रहेको बताए । “महाअभियानमा धेरै पैसा आएको छ, त्यही भएर अभियानकर्मी लामो समयदेखि लागिपरेका छन् भन्ने भ्रम आम मानिसमा परिरहेको छ । यसलाई ४००औँ हप्ता प्रवेशका क्रममा स्पष्ट बनाउँदै लैजानुपर्छ । निःस्वार्थ वाग्मती किनारमा जम्मा भएर दिसापिसाबलगायत फोहर सफाइ गर्दा पनि पैसाकापछि लागेको आरोप खेप्नुपरेकाले यसलाई जनसमक्ष प्रष्ट पार्नुपर्छ”, चीनका लागि पूर्वनेपाली राजदूतसमेत रहेका पौडेलले अभियानकर्मीलाई सम्बोधन गर्दै भने । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिसँग सहकार्य गरेका कारण यस्तो आरोप लागेकामा पुनःविचार गर्न अभियानकर्मीले माग गरेका छन् ।

    महाअभियान शुरु भएको १२ हप्तासम्म पनि अधिकार सम्पन्न वाग्मती महाअभियानसँग जोडिएको थिएन । कार्यक्रममा अभियानकर्मी ओम बस्नेतले अधिकार सम्पन्न वाग्मतीसँग सहकार्य नगरी स्वतन्त्र स्वयंसेवी महाअभियानका रुपमा वाग्मती सफाइलाई अघि बढाउनुपर्ने बताए ।

    विगतमा भगवान्दास मानन्धरले एक्लै वाग्मती सफाइ शुरु गरेजस्तै स्वयंसेवी अभियानकर्मीमात्र सहभागी भएर सफाइ अभियानलाई अघि बढाउनुपर्नेमा कार्यक्रममा अभियानकर्मी राजकुमार भट्टराई, नारायणकुमार श्रेष्ठ, सन्तोष श्रेष्ठ, गोविन्द काफ्ले, चक्रबहादुर चन्द, प्रिया लामिछाने लगायतले जोड दिएका थिए । हुतराम वैद्यले पनि लामो समयसम्म एक्लै वाग्मती सफाइ चलाएका थिए ।

    अभियानकर्मीले ४००औँ हप्तामा वाग्मतीलगायत यसका सहायक नदीका मुहान क्षेत्रमा माछाका भुरा छोडेर सकारात्मक सन्देश दिनुपर्नेमा पनि उनीहरुले जोड दिए । वाग्मतीलगायत यसका सहायक नदीको दायाँबायाँ खाली रहेको जग्गामा बगैँचा बनाएर पनि नदी सभ्यता संरक्षणमा सहयोग गर्न सकिने अभियनकर्मीको भनाइ थियो ।

    अभियानकर्मीसमेत रहेका पूर्वसचिव किशोर थापाले कोरोना भाइरसको सङ्क्रमणका कारण अभियानकर्मी टाढा हुन थालेकाले उपत्यकाका १८ वटै स्थानीय तहलाई वाग्मती र यसका सहायक नदी सफा राख्न जिम्मेवार बनाउने गरी कार्यक्रम अघि बढाइनुपर्ने बताए । उपत्यकावासीका घरघरमा सफाइ अभियानका विषयमा चेतना जगाइ कुहिने र नकुहिने फोहरलाई छुट्याएर वर्गीकरण गरिनुपर्ने उनको भनाइ थियो । अभियानकर्मी डा.लक्ष्मी पौडेलले वाग्मती सफाइ महाअभियानमा अधिकार सम्पन्न वाग्मती समितिसँगै उपत्यकाका स्थानीय तह र वडालाई पनि जिम्मेवार बनाइनुपर्नेमा जोड दिइन् । रासस

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बिचौलियाको घेरामा न्यायालयमै हुन्छ न्याय किनबेच
    अन्तर्घातीलाई चोख्याउने एमाले रणनीति
    एसपीपीबारे गृह र परराष्ट्रको कुरा बाझियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. ओन्टारियाेविरुद्धकाे टी २० मा पनि नेपालकाे सहज जीत

    • २. बिचौलियाको घेरामा न्यायालयमै हुन्छ न्याय किनबेच

    • ३. अन्तर्घातीलाई चोख्याउने एमाले रणनीति

    • ४. एसपीपीबारे गृह र परराष्ट्रको कुरा बाझियो

    • ५. हेलिकोप्टरको विश्राम पनि तोकिएकै स्थलमा

    धेरै पढिएको
    • १. लियो क्लब अफ बुटवल सेन्ट्रलको अध्यक्षमा अर्याल निर्वाचित

    • २. माओवादी केन्दको केन्द्रीय कमिटी बैठक आज बस्दै

    • ३. ‘कछुवा गति’मा राष्ट्रिय गौरवका आयोजना

    • ४. टनकपुर सन्धि भएको २६ वर्षपछि पानी नेपालमा

    • ५. राजीनामा स्वीकृत भइसकेपछि विमलाले भनिन् -‘राजीनामा दिएकै छैन’

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष : शिशिर के सी

    सम्पादक : किशोर पुन मगर

    संवाददाता : रिखिराम जि सी

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.