
काठमाडौं, मंसिर ८ | झापाको दमक नगरपालिका–१ मामाचोक बस्ने ४७ वर्षीय चुडामणि भण्डारीले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।
प्रहरीका अनुसार वैदेशिक रोजगारीबाट हालै फर्किएका भण्डारी र श्रीमतीबीच कमल गाउँपालिकका–६ जीवनचोकमा रहेको निजी जमिनका विषयमा विवाद भएको थियो । सोही क्रममा उनमाथि खुकुरी प्रहार गरिएको हो ।
उनकी पत्नी ३८ वर्षीया टीकादेवी पौडेल र सोही नगरपालिका २ का ३५ वर्षीय प्रकाशचन्द्र दाहाल कमल गाउँपालिका ६ जीवन चोकस्थित खेतमा धान उठाउन गएको अवस्थामा चूडमणिले दुवै जनालाई खुकुरी प्रहार गर्दा टीकाको घटनास्थलमै मृत्यु भएको हो । घाइते प्रकाशचन्द्रको एड्भान्स अस्पताल दमकमा उपचार भइरहेको छ ।
घटना लगत्तै इलाका प्रहरी कार्यालय दमकको टोलीले चुडामणिलाई पक्राउ गरेको छ । विदेशमा रहेको बेला आफूले कमाएको ठूलो रकम श्रीमतीले हिनामिना गरेको आरोप चुडामणिले लगाएका छन् ।