काठमाडौं, मंसिर ९ | बैतडीमा आज जीप दुर्घटना भएको छ । जिप दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । बैतडीको झुलाघाटबाट गोठलापानी आउँदै गरेको ना १ ज २१९६ नम्बरको जिप दशरथचन्द नगरपालिका १० बुड्डा भन्ने स्थानमा दिउँसो डेढ दुर्घटनामा परेको हो ।
दुर्घटनामा बैतडीको सुर्नया गाउँपालिका ४ का ७५ वर्षीया कलावती चन्द, दशरथचन्द नगरपालिका ४ का ७५ वर्षीय भगीरथ पाण्डेय, दशरथचन्द नगरपालिका ५ का ७० वर्षीया पार्वतीदेवी चन्द, सोही ठाउँका ७२ वर्षीया पार्वतीदेवी चन्द र दशरथचन्द नगरपालिका २ का ५८ वर्षीय
कृष्णलाल लावडको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले जानकारी दिए ।
तीव्र गतिमा कुदेको जिप अनियन्त्रित भएर दुर्घटनामा परेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । जिप सडकबाट करीब एक सय मिटर तल खसेको छ ।
घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ । जीप चालक गोपाल कार्की भने फरार छन् ।







