
काठमाडौं, मंसिर ११ । नवलपरासीमा १७ जना जुवा खेल्दै गरेको अवस्थामा पक्राउ परेका छन्। नवलपरासी पूर्वको
मध्यबिन्दु नगरपालिका–८ भागडा बस्ने तिलकराम योगी थारुको घरमा छापा मारी प्रहरीले १७ जनालाई पक्राउ गरेको हो ।
कौडा खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरीले सुरेश महतो समेत १७ जनालाई बुधबार राति पक्राउ गरेको हो।
उनीहरूको साथबाट प्रहरीले ४८ हजार २७० रूपैयाँ, ५०० भारतीय रूपैयाँ र १६ थान कौडा बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीले उनीहरूविरुद्ध जुवातास ऐनअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको छ।