• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

बन्दीपुर केबलकारका लागि दुई बैंकको कर्जा


  •    सुचना डबली डेस्क / २०७७, ११ मंसिर बिहीबार १५:२६ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    काठमाडौं, मंसिर ११ । तनहुँको पर्यटकीय गन्तव्य बन्दीपुरमा निर्माणाधीन बन्दीपुर केबलकार परियोजनाका लागि दुई बैंकले कर्जा लगानी गर्ने भएका छन् । दक्षिण एशियामै नमूना प्रविधिमा निर्माण हुन लागेको केबलकार परियोजनाका लागि नेपाल एसबिआई बैंक र एनएमबी बैंकले कर्जा लगानी गर्ने भएका हुन् ।

    बन्दीपुर केबुलकार एण्ड टुरिज्म लिमिटेड र बैंकबीच कर्जा लगानी गर्ने सम्बन्धमा हस्ताक्षर भएको छ । बैंकिङ पार्टनरका रुपमा एसबिआइ र एनएमबीसहितले एक अर्कासँग सहवित्तीयकरण गरेका छन् । नेपाल एसबिआई बैंकका कमर्सियल शाखा काठमाडौँका चिफ म्यानेजर विनोद ढुङ्गेल र एनएमबी बैंक प्रोजेक्ट फाइनान्स हेड विशाल थापाले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

    बन्दीपुर केबलकार एण्ड टुरिज्मको लागत रु एक अर्ब ६६ करोड ८९ लाख रहेकामा स्वपूँजी र कर्जा अनुपात ३९/६१ छ । आगामी असोज मसान्तभित्र पहिलो चरणको कमर्सियल अप्रेशन गर्ने गरी जम्मा रु ७० करोड व्यवस्थापन गरिएको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । सो अन्तर्गत केबलकार, रेष्ट्रो जोन र मनोरञ्जनस्थल व्यावसायिक रुपमा खुला हुनेछन् । कर्जा विभाजन अनुरुप ७२.८५ प्रतिशत एसबिआई र २७.१४ प्रतिशत एनएमबी बैंकले प्रवाह गर्नेछन् ।

    त्यस्तै दोस्रो चरणको होटेलसहितको पूर्वाधार सञ्चालन ल्याउने गरी निर्माण गर्न एसबिआई र एनएमबी बैंकको सहवित्तीयकरणमा थप रु ३५ करोडको कर्जाको सुनिश्चितता गरिएको छ जसमा एनएमबीको ३१.४३ प्रतिशत लगानी रहनेछ । साथै सो पूँजी व्यवस्थापनका लागि आरकेडी रियल स्टेट एण्ड कन्स्ट्रक्सन लिमिटेड र टुरिज्म इन्भेष्टमेन्ट फण्ड लिमिटेडको ६१ प्रतिशत, पञ्चासे केबलकार एण्ड टुर्स लिमिटेडको २५ प्रतिशत र बन्दीपुर गाउँपालिका लगायत स्थानीय लगानीकर्ताको १४ प्रतिशत शेयर रहने शर्माले जानकारी दिए।

    आर्थिक व्यवस्थापनका विषयमा कम्पनी प्रष्ट र योजनाबद्धसहित अगाडि बढेको शर्माले बताए । यसले आगामी दश वर्षभित्र बन्दीपुर पर्यटन अवधारणा देशव्यापी रुपमा स्थापित हुने र दश हजारमाथिको रोजगारीको सुनिश्चितता गर्नेछ । एसबिआई बैंकका तर्फबाट उक्त लक्ष्य पूरा गर्न बन्दीपुर परियोजनासँग जोडिएका स्थानीयवासी शेयरधनीलाई थप व्यवसायिक रुपमा प्रवर्धन गर्न तीन प्रतिशत ब्याजदर निर्धारण गरी रु २० करोड बराबरको सहुलियतपूर्ण कर्जा सुविधा उपलब्ध गराउने घोषणा गरिएको छ । सो कर्जाका लागि बन्दीपुर केबलकारले यसअघि नै बैंकसँग प्रस्ताव र जमानीको सुनिश्चितता गर्ने सहमति जनाएको थियो । अध्यक्ष शर्माका अनुसार ग्रामीण अर्थतन्त्रको सम्बद्र्धन नगरेसम्म देशको अर्थतन्त्र दीर्घकालीन नहुने भएकाले समुदायसँग मिलेर काम गर्ने योजना बनाइएको छ ।

    बन्दीपुर केबलकार परियोजना दक्षिण एशियामा नै फरक उद्देश्यसहित निर्माण भइरहेको छ । केबलकार सीधै चारतारे होटेलमा प्रवेश गर्नेछ । त्यहाँबाट सूर्योदय, सिस महल, वाक्स म्युजियम, वेधशाला, भूतबङ्गला देख्न सकिन्छ । त्यहाँ एक हजार क्षमताको सम्मेलन केन्द्र, रेष्ट्रो जोन, स्वीमिङ पुल र ६६ कोठा रहनेछ ।

    कम्पनीले परियोजना थप आकर्षक बनाउन संसारकै अग्लो बञ्जीजम्प, अग्लो मेकानिकल स्वीङ र म्युजिकल वाटर शोसमेत बनाउने तयारी गरेको छ । परियोजनाले दशौं हजार पर्यटक बन्दीपुरमा भित्र्याउने रणनीतिक योजना बुनेको कम्पनीको जिकिर छ । निकट महिनामा नै बटम स्टेशनमा सुविधासम्पन्न रेष्ट्रो जोनको कमर्सियल अप्रेशन गरी पर्यटक कोर्टका रुपमा वार्म अप बिजनेश गर्ने घोषणासमेत कम्पनीले गरेको छ जहाँ पाँच सय सवारी साधन एकै पटक पार्किङ गर्न सकिने सुविधा रहनेछ ।

    बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा तल्लो स्टेशन र सोही वडाको बरालथोकमा माथिल्लो स्टेशन निर्माण भइरहेको छ । माथिल्लो स्टेशनमा रु ८० करोडको लागतमा चारतारे होटल पनि निर्माण हुनेछ । चारतारे होटल निर्माणको जिम्मा काठमाडौंस्थित चन्द्र निर्माण सेवाले पाएको छ ।

    ठूल्ढुङ्गाश्वाराबाट बरालथोकसम्म जोडिने केवलकारबाट घण्टामा दुई सय जना वारपार गर्न सक्नेछन् । एशियाकै ठूलो जिकिर गरिएको विमलनगरस्थित सिद्धगुफा र प्राकृतिक दृश्यावलोकनका लागि उपयुक्त बन्दीपुर घुम्न आउने पर्यटकका लागि केबलकार आकर्षणको केन्द्रविन्दु बन्ने विश्वास लिइएको छ । ठूल्ढुङ्गाश्वाराबाट शुरू हुने केबुलकार सिद्धगुफाको छेउ हुँदै बन्दीपुरको उचाइसम्म पुग्नेछ । केवलकारले एक किलोमिटर ६०० मिटर यात्रा गर्नेछ ।

    व्यासमा एसओएस बालग्राम परियोजना शुरु
    एसओएस बालग्राम नेपालले व्यास नगरपालिकाका दुई वडामा समुदायमा आधारित सबलीकरण कार्यक्रम शुरु गरेको छ । ‘सबै बालबालिकाका लागि मायालु घर’ भन्ने नारासहित बालग्रामले व्यास– १३ र १४ मा उक्त कार्यक्रम शुरु गरेको हो ।

    व्यास–१३ पोखरी भञ्ज्याङमा बुधबार आयोजित कार्यक्रममा नगर प्रमुख बैकुण्ठ न्यौपानेले उक्त परियोजना शुभारम्भ गरे । सो अवसरमा न्यौपानेले बालग्रामले नगरपालिकालाई छनोट गरेर उक्त परियोजना शुरुआत गरेकामा धन्यवाद ज्ञापन गरे ।रासस

     

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अनलाइन निवन्ध लेखन प्रतियोगिता सम्पन्न
    स्वर्गद्धारी जीप दुर्घटना : चारको मृत्यु, ११ घाईते
    स्वर्गद्वारीमा जीप दुर्घटना, २ जनाको मृत्यु
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. अनलाइन निवन्ध लेखन प्रतियोगिता सम्पन्न

    • २. अखिल नेपाल शिक्षक संघ जिल्ला कार्यसमितिको चाैथाे जिल्ला अधिवेशन सम्पन्न

    • ३. स्वर्गद्धारी जीप दुर्घटना : चारको मृत्यु, ११ घाईते

    • ४. स्वर्गद्वारीमा जीप दुर्घटना, २ जनाको मृत्यु

    • ५. एक महिनासम्म अनलाइन कक्षा सञ्चालन गर्ने सरकारको तयारी

    धेरै पढिएको
    • १. अनलाइन निवन्ध लेखन प्रतियोगिता सम्पन्न

    • २. स्वर्गद्वारीमा जीप दुर्घटना, २ जनाको मृत्यु

    • ३. एक महिनासम्म अनलाइन कक्षा सञ्चालन गर्ने सरकारको तयारी

    • ४. अखिल नेपाल शिक्षक संघ जिल्ला कार्यसमितिको चाैथाे जिल्ला अधिवेशन सम्पन्न

    • ५. स्वर्गद्धारी जीप दुर्घटना : चारको मृत्यु, ११ घाईते

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष: शिशिर के सी

    सम्पादक:किशोर पुन मगर

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.