काठमाडौं १२ मंसिर । गुल्मीको इस्मा गाउँपालिकामा शुक्रबार बिहान जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । इस्मा–४ हुलबाट तम्घास आउँदै गरेको लु१ज ११६६ नम्बरको जिप सडकबाट खसेको हो ।
इस्मा प्रहरी चौकीका इन्चार्ज मोहनलाल अधिकारीले जिपमा सवार तीनजना पुरुष र दुईजना महिलाको घटनास्थलमै मृत्यु भएको बताए। गम्भीर घाइते दुई जनामध्ये इस्मा गाउँपालिका–४ का १९ वर्षीय फर्सुराम थापाको उपचारकै क्रममा मृत्यु भएको हो ।
जिपमा चालक र सहचालकसमेत गरी नौ जना सवार थिए । सडकमा घुम्ती मोड्न नसकेपछि जिप भिरबाट खसेको सहचालक कमल हितानले बताएका छन् । चालक बुद्ध बस्नेत सकुशल रहेको प्रहरीले जनाएको छ ।







