काठमाडौं १२ मंसिर । शुक्रबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा रु २ सयले घटेर प्रतितोला ९१ हजार ३ सयमा नै कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मुल्य प्रतितोला ९० हजार ८ सयमा कायम भएको छ ।
त्यसैगरी शुक्रबार चाँदीको मुल्य पनि तोलामा रु १० ले घटेर प्रतितोला ११ सय ६५ रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।







