
काठमाडौं, मंसिर १३ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रहरी हुँ भन्दै ठगी गर्ने एकजना युवकलाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय सुर्खेतले कालिकोट सान्नी त्रिवेणी गाउँपालिका–४ स्थायी घर भइ हाल सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– ३ तातोपानी बस्ने बिलबहादुर धामीलाई पक्राउ गरेको हो ।
जिप्रका सुर्खेतका प्रहरी निरीक्षक कनक शाही नेतृत्वमा गएको ११ जना प्रहरीको टोलीले शुक्रबार बेलुका सान्नीत्रिवेणी गाउँपालिका–४ कालीकोट घर भई हाल वीरेन्द्रनगर नगरपालिका–३ तातोपानी सुर्खेतमा बस्दै आएका २८ वर्षीय बिलबहादुर धामीलाई पक्राउ गरेको हो । धामीलाई रु १२ हजार नगदसहित पक्राउ गरिएको प्रहरी निरीक्षक शाहीले बताए ।
धामीलाई नियन्त्रण पश्चात अनुसन्धानका क्रममा सोधपुछ गर्दा वन कार्यालयको वन रक्षक भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।