• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

नालापानीलाई विशेष फिल्म घोषणा गर्न माग


  •    सुचना डबली डेस्क / २०७७, १४ मंसिर आईतवार प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    काठमाडौं, मंसिर १४ । सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अंग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाइँलाई आधार बनाएर निर्माण भएको रिमेश अधिकारी निर्देशित फिल्म नालापानीलाई विशेष फिल्म घोषणा गरी आर्थिक सहयोग उपलब्ध गराउन फिल्मसँग सम्बन्धित संघ–संस्थाले सरकारसमक्ष सिफारिस गरेका छन्।

    चलचित्र विकास बोर्डले एक पत्रमार्फत फिल्मले ऐतिहासिक नालापानीको युद्धको कथावस्तुलाई उजागर गरी राष्ट्रिय गौरव, राष्ट्रिय प्रेम तथा देशभक्तिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने हेतुले निर्माण भएकाले नालापानीलाई प्रदर्शन, प्रचारप्रचारलगायतका पाटोमा सहयोग उपलब्ध गराउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई आग्रह गरेको छ।

    चलचित्र विकास बोर्डमार्फत सबैको सहभागितामा एक पत्र लेख्दै निर्माण युनिटले फिल्म ऐतिहासिक नालापानीको युद्धको कथावस्तुलाई उजागर गरी राष्ट्रिय गौरव, राष्ट्रिय प्रेम तथा देशभक्तिको बिषय बनेकोले यसको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचारप्रसार तथा प्रबद्र्धनमा सहयोग गर्दै बिशेष फिल्म घोषणा गर्न समेत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई आग्रह गरेको छ ।

    फिल्मका निर्माता तथा निर्देशक रिमेश अधिकारीले शुक्रबार चलचित्र विकास बोर्डसहित ६ संस्थाले गरेको सिफारिसपत्र सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङलाई बुझाएका छन्। राष्ट्रिय गौरवको कथामा फिल्म निर्माण भएकोमा खुसी व्यक्त गर्दै मन्त्री गुरुङले मन्त्रालयबाट हुने सहयोग गर्ने आवश्वास दिएका छन्। यो फिल्मको अहिले पोस्ट प्रोडक्सनको काम भइरहेको छ।

    टिजर सार्वजनिक भइसकेको फिल्म सिनेमा हल सञ्चालनमा आएपछि प्रदर्शनमा हुनेछ। रिमेश अधिकारी फिल्म प्रोडक्सनको प्रस्तुति रहेको यस फिल्मलाई बीजीबी इन्टरटेनमेन्ट र गंगा नारायण फिल्म्स्ले सहकार्य गरेका छन्। नालापानीको लेखन रिमेश अधिकारी र कृष्ण आचार्यले गरेका हुन्। द्वन्द्व रोशन श्रेष्ठ, सिनेमाटोग्राफी रामशरण उप्रेती र सम्पादन विपीन मल्लले गरेका छन्।

    वसन्त खत्री मगरको भीएफएक्स रहेको फिल्ममा सहनिर्माता पुजना प्रधान र गणेश कार्की रहेका छन्। कार्यकारी निर्माता घनेन्द्र थपलिया रहेको फिल्मका निर्माता मनोज शाक्य हुन्। फिल्ममा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, बिशाल पहारी, विजय बिस्फोट, पुजना प्रधान, गीता अधिकारी, महावीर विश्वकर्मा, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, जनक बर्तौला, विशाल श्रेष्ठ, सहिना भट्टराई, गीत विष्ट, युगजंग कार्की, सिमन खड्का, सुशील खड्का डेभिड), बाल कलाकार तेजश्वी अधिकारी, हार्दिक थपलिया, प्रनिश शाक्य, निर्माण थपलियाका साथै विदेशी कलाकारहरु एन्ड्रोइन डंकन, रेचल मोलेस, पल विकिन्सन र सामलगायतको अभिनय छ। प्राडा धनराज कुँवर र रामराजा कुँवरद्वारा लिखित नालापानीका नायक वीर बलभद्र कुँवर पुस्तकमा आधारित रहेर इतिहासविद्हरु प्राडा धनराज कुँवर, प्राडा त्रिरत्न मानन्धर, प्रा. दिनेशराज पन्त, प्राडा सुरेन्द्र केसी, पूर्वसहायक रथी डा. प्रेमसिंह बस्न्यातहरुसँग छलफल गरी नेपाली सेनाले प्रकाशित गरेको पुस्तक सैनिक इतिहासलगायतका पुस्तकमा आधारित भएर फिल्म निर्माण भएको हो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सम्झना भण्डारीको तीज गीत ‘मै राम्री छैन’ युट्युबको ट्रेण्डिङमा
    मन्त्री क्वार्टरमा राखिएका भाँडाकुँडाहरु पूर्वमन्त्रीको भान्सामा
    बुढीगंगाको मतगणाना अन्तिम चरणमा, एमाले उम्मेदवार जित नजिक
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. सिंहको अध्यक्षतामा साहित्य परिषद प्युठान-काठमाडौँ सम्पर्क समिति गठन

    • २. वृक्षारोपण कार्यक्रम सम्पन्न

    • ३. क्रान्तिकारिले सप्ताहब्यापी कार्यक्रम संचालन

    • ४. रिजाल बन्धुहरूको देवाली कुलपूजा मंसिर १५ मा हुने पक्का

    • ५. विषालु च्याउ खाँदा पाँचजना बिरामी

    धेरै पढिएको
    • १. सिंहको अध्यक्षतामा साहित्य परिषद प्युठान-काठमाडौँ सम्पर्क समिति गठन

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष : शिशिर के सी

    सम्पादक : किशोर पुन मगर

    संवाददाता : रिखिराम जि सी

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.