• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

‘रेड वाइन’बाट बाहिरिए पल, पुष्पको इन्ट्री


  •    सुचना डबली डेस्क / २०७७, १४ मंसिर आईतवार प्रकाशीत

  • Advertisement

    काठमाडौं, मंसिर १४ । अमेरिकामा छायांकन हुने भनिएको चलचित्र ‘रेड वाइन’बाट नायक पल शाह बाहिरिएका छन् । यो चलचित्रमा नायक पल शाह र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको जोडी पक्का भएको थियो ।

    केही दिन अगाडी अहिलेका चर्चित नायक पल शाहलाई अनुबन्धित गरिएको भएपनि हाल भने शाह बाहिरीएका छन् । उनको ठाउँमा पुष्प खड्कालाई प्रवेश दिइएको छ ।

    पल शाह बाहिरिएपछि निर्माणपक्षले नायक पुष्प खड्कालाई चलचित्रमा अनुवन्धित गरिसकेको छ ।अमेरिकामा बस्ने रमेश एमके पौडेलले निर्देशन गर्ने यस फिल्ममा नेपाली अभिनेत्री साम्राज्ञी शाहसँग पुष्पले रोमान्स गर्नेछन् । श्रोतका अनुसार, पुष्पले चलचित्र साइन गरिसकेका छन् ।

    नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक पुष्प खड्काले चलचित्र ‘मारुनी’मा एकसाथ काम गरेका थिए । चलचित्रले औषत व्यापार गरेपनि पुष्प र साम्राज्ञीको जोडीलाई दर्शकले रुचाएका थिए ।

    रमेश एम के पौडेलको निर्देशनमा बन्न लागेको चलचित्रको छायांकनका अधिकांश दृश्य नेपालमा हुनेछ । केही दृश्यको छायांकन अमेरिकामा पनि हुने निर्माणपक्षले बताउँदै आएको छ । चलचित्रमा सन्दिप क्षेत्रीको पनि मुख्य भूमिका रहनेछ ।
    पल र साम्राज्ञीले पहिलो पटक एकसाथ काम गर्ने तयारी गरेपनि तत्कालका लागि अब यो टरेको छ ।

    हास्य कलाकार सन्दिप क्षेत्रीको पनि अभिनय रहने यस फिल्मको छायांकन अमेरिकामा ८० प्रतिशत र २० प्रतिशत नेपालमा हुनेछ ।

    वुझिएअनुसार, पलले चलचित्रको कथावस्तु परिवर्तन गर्न आग्रह गरेपछि निर्माणपक्षसँग असमझदारी बढेको थियो । चलचित्र महिला केन्द्रित कथामा निर्माण हुँदैछ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    सुनको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.