• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

कोभिडको असर रहँदासम्म मौद्रिक नीति लचिलो रहन्छ : गभर्नर


  •    रासस / २०७७, १८ मंसिर बिहीबार २०:२९ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    काठमाडौँ, मंसिर १८ । कोभिड– १९ को असर कायम रहँदासम्म नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिलाई थप लचिलो बनाउने भएको छ ।

    चालू आर्थिक वर्षको मौद्रिक नीतिको त्रैमासिक समीक्षापछि आज आयोजित पत्रकार सम्मेलनमा गभर्नर महाप्रसाद अधिकारीले भने, “कोभिडको असर रहँदासम्म मौद्रिक उपकरण तथा नीति लचिलो नै हुन्छ ।” उनले सरकारले राखेको आर्थिक वृद्धिको लक्ष्य तथा समग्र अर्थतन्त्रको अवस्थालाई हेरेर लचिलो नीति नै रहने जानकारी दिए ।

    उनले बैंक तथा वित्तीय संस्थामा तरलता राम्रो तथा लगानीकर्ताको मनोबल पनि बढ्दै गएको उल्लेख गरे । यस्तै कर्जाको ब्याज घट्दा लगानीकर्तालाई राहत भएको भए पनि निक्षेपको व्याजदर कम हुँदा त्यसबाट आश्रित वर्ग तथा समुदायमा थप असर पर्ने भएकाले केन्द्रीय बैंकले आवश्यक व्यवस्था गरेको गभर्नर अधिकारीले जानकारी दिए ।

    उनले ब्याजदरका सन्दर्भमा कार्यदिशा तय गरिएको एवं मौद्रिक विस्तार गर्दै आन्तरिक राष्ट्रिय उत्पादनलाई बढावा दिने तथा रोजगारी सिर्जना गर्ने एवं उद्यमशीलता बढाउनसमेत आफूहरु क्रियाशील रहेको बताए । सरकारले चालू आवमा राखेको आर्थिक वृद्धिको लक्ष्यलाई सहयोग पु¥याउने गरी नै पहिलो त्रैमासिक समीक्षा गरिएको गभर्नर अधिकारीको भनाइ छ । उनले बैंक तथा वित्तीय संस्थालाई सबल बनाउने एवं थप सतर्क रहँदै जोखिम आउन नदिने हिसाबले राष्ट्रबैंक अगाडि बढेको बताए ।

    उनले भने, “मौद्रिक नीतिमार्फत तय भएका कार्यदिशामा अर्थतन्त्रको अहिलेको अवस्थालाई दृष्टिगत गरेर मौद्रिक विस्तारमा मूल्य र बाह्य क्षेत्रको स्थायित्वमा थप दबाब सिर्जना हुन नदिने गरी आवश्यक तयारी गरिएको छ ।” बैंक तथा वित्त संस्थामा रहेको स्रोतको उपलब्धतालाई सहजीकरण गर्न मौद्रिक नीतिले तय गरेका कार्यभारलाई निरन्तरता दिँदै आर्थिक वृद्धिमा सहयोग पुर्याउने नै पहिलो त्रैमासिकको समीक्षा रहेको उनको भनाइ छ ।

    वित्तीय सहजीकरणका लागि राष्ट्र बैंकले हालसम्म नियामकीय उपाय अपनाएको तथा वित्तीय स्थायित्वमा जोखिम आउन नदिन थप सजग रहँदै केन्द्रीय बैंकको सुपरीवेक्षण र नियामकीय भूमिकालाई थप सशक्त बनाइने उहाँले पत्रकार सम्मेलनमा जानकारी दिए।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रचण्डका राजनीतिक गुरु वामपन्थी नेता कुँवरको निधन
    टिपरले ठक्कर दिँदा दुईको मृत्यु
    विवाह बन्धनमा बाँधिए वरुण–नताशा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. प्रचण्डका राजनीतिक गुरु वामपन्थी नेता कुँवरको निधन

    • २. राष्ट्रपति र प्रधानमन्त्रीद्वारा आफ्ना भारतीय समकक्षीलाई शुभकामना

    • ३. चार सय रुपैयाँले बढ्यो सुनको भाउ

    • ४. राप्ती नदीमा  प्रधानमन्त्रीद्वारा  पुल उद्घाटन

    • ५. टिपरले ठक्कर दिँदा दुईको मृत्यु

    धेरै पढिएको
    • १. घट्यो सुनको मूल्य

    • २. आजबाट युटुबमा ‘छ माया छपक्कै’चलचित्र सार्वजनिक

    • ३. नयाँ स्वरुपको कोरोना भाइरस विश्वका ६० देशमा पुग्यो

    • ४. विदेशी मुद्राको आजको विनिमयदर यस्तो छ

    • ५. लोकगायक रत्न बानियाँको निधन

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष: शिशिर के सी

    सम्पादक:किशोर पुन मगर

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.