• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

म्याग्दीमा सुन्तला बगैँचामा औँसा किराको प्रकोप


  •    सुचना डबली डेस्क / २०७७, २० मंसिर शनिबार प्रकाशीत

  • Advertisement

    काठमाडौं, मंसिर २० । म्याग्दीमा सुन्तला बगैँचामा औँसा किराको प्रकोप फैलिएको छ ।

    सुन्तला पकेट क्षेत्रमा औँसा किराको प्रकोप देखिएपछि पाक्ने बेलामा पहेँलो भएर सुन्तला झर्ने समस्या छ । बेनी नगरपालिका, रघुगङ्गा, अन्नपूर्ण, मङ्गला, मालिका र धौलागिरि गाउँपालिकामा रहेका सुन्तला पकेट क्षेत्रमा सुन्तला बगैँचामा औँसा किराको प्रकोप बढेको हो ।

    सुन्तलामा देखिएको औँसा किराबारे कृषि ज्ञान केन्द्र म्याग्दीले निरीक्षण र अवस्थाबारे अध्ययन सुरु गरेको छ । कृषि प्राविधिकको टोलीलाई परिचालन गरी बगैँचामै पुगेर रोकथामको लागि सर सल्लाह दिन थालेको कार्यालयका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले जानकारी दिए ।

    झरेका फलबाट अरु बोटमा समेत औँसाका किरा फैलने भएकाले झरेका फललाई व्यवस्थापन गर्न कार्यालयले अनुरोध गरेको छ । झरेका दानालाई प्लाष्टिकको झोलामा राखेर जमिनको सतहबाट एक फुट गहिरो खाडल खनेर माटोले पुर्नुपर्ने कृषि विज्ञको भनाइ छ । त्यसका लागि कार्यालयको तर्फबाट आवश्यक पर्ने प्लाष्टिक झोला निःशुल्क उपलब्ध गराइएको पनि उहाँले बताए ।

    म्याग्दीका ६ वटै पालिकामा ७ सय ६ हेक्टर जमिनमा सुन्तला खेती विस्तार भएको छ । गएकाे वर्ष दुई हजार ४ सय १२ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । गएकाे वर्षसमेत सुन्तलामा औँसाको प्रकोप लागेको थियो। यस वर्ष थप बढेको किसानले गुनासो गरेका छन् ।रासस

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.