काठमाडौं, मंसिर २१ । हप्ताको पहिलो दिन सुनको मूल्य दुई सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ९२ हजार ७ सय रुपैयाँ कायम भएको छ।
अघिल्लो हप्ता सुनको भाउ तोलामा २२ सय रुपैयाँले बढेको थियो। आज चाँदीको भाउ भने स्थिर छ।







