
काठमाडौँ, मङ्सिर २२ । तारकेश्वर नगरपालिकाले कोराेना संक्रमित भई होम आइसोलेसनमा बसेका व्यक्तिलाई रु. पाँच हजार दिने भएको छ ।
नगरपालिकाभित्र कोरोना संक्रमित भई होम आइसोलेसनमा बसेका व्यक्तिलाई पोषणभत्तास्वरूप रकम दिइने भएको हो ।
कोरोना पजिटिभ देखिएर आइसोलेसनमा बसेका बिरामीलाई प्रत्येक वडा कार्यालयबाट स्वास्थ्य शाखामा समन्वय गराई प्राप्त विवरणका आधारमा रकम वितरण गर्ने व्यवस्था गरिएको सूचना अधिकृत होमनाथ न्यौपानेले बताए ।
हाल नगरपालिकामा कोरोना संक्रमित दुई हजार ८६ रहेकामा आठ सय ६६ महिला र एक हजार दुई सय २० पुरुष छन् ।