
काठमाडौँ, मङ्सिर २२ । सोमवार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सोमवार स्थानिय बजारमा पहेंलो धातुको मूल्य प्रतितोला रू. १०० ले ओरालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार छापावाला सुन प्रतितोला रू. १०० ले घटेर ९२ हजार ६०० मा कारोबार भएको छ ।त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९२ हजार १५० मा कारोबार भएको छ ।
यस्तै, सोमवार चाँदीको मूल्यमा पनि मूल्यमा सामान्य गिरावट आएको छ । आइतवार चाँदी प्रतितोला रू. एक हजार २१० मा कारोबार भएको थियो । सोमवार चाँदी रू. एक हजार २०५ मा कारोबार भइरहेको छ । गत कारोबारको दिनको तुलनामा चाँदी रू. ५ ले घटेको हो ।