
काठमाडौं,मंसिर २३ । विश्वको सर्वोच्च शिखर सगरमाथाको उँचाइ ८६ सेन्टिमिटर बढेको छ।
सोलुखुम्बुको खम्बु पासाङल्हामु गाउँपालिकामा पर्ने सगरमाथाको उचाइमा चीनले वखेडा झिकेपछि बनेको मापन समितिले आज सगरमाथाको नयाँ उचाई सार्वजनिक गरेको हो ।
मंगलबार घोषणा गरिएको सगरमाथाको नयाँ उँचाइ ८८४८.८६ मिटर रहेको छ। यसअघि सगरमाथाको उँचाइ ८८४८ मिटर थियो।
मन्त्रिपरिषद्को गत १० मंसिरको बैठकले नेपाल र चीनका सर्भे अधिकारीले संयुक्त रूपमा तयार पारेको उचाइलाई अनुमोदन गर्ने निर्णय गरेपछि सार्वजनिक गरिएकोे हो ।