
बुटवल, पुस १०। समृद्ध चारपाला युवा अभियानद्वारा चारपालाका विभिन्न विद्यालय एवम हेल्थ पोस्टहरुमा स्वास्थ्य सामाग्री र न्यानो कपडा वितरण गरिएको छ ।
जसमा ठुलापोखरा माद्यामिक विद्यालय वडा नम्बर ७ मा गरिब तथा जेहन्दार विद्यार्थीहरुका लागि ४९ पिस सुइटर ,२००पिस माक्स र १ लिटर सेनिटाइजर , रेसुङ्ग बोडिङ स्कुल वडा नम्बर ६ लाई ५०० पिस माक्स र १ लिटर सेनिटाइजर ,इस्वरी उच्च मा.वि वडा नम्बर ६ लाई ९ पिस सुइटर ,५५०पिस माक्स ,र १ लिटर सेनिटाइजर, गङ्गा नि मा बि वडा नम्बर ६ लाई ४१ पिस सुइटर ,५५० पिस माक्स ,१ लिटर सेनिटाइजर , त्यसै गरि दरबार देबिस्थान स्वस्थ चौकीका लागि १०० पिस माक्स ,चिलाउनी पोखरा हेल्थ सेन्टरका लागि ५० पिस माक्स , भलाएचौर हेल्थ सेन्टर का लागि ५० पिस माक्स , दुलाहाना हेल्थ सेन्टरका लागि ५० पिस माक्स ,चारपाला पुलिस चौकीका लागि ५० पिस माक्स वितरण गरिएको कार्यक्रमका संयोजक एवम् नेपाल प्रमुख भिम ब.ट्न्डनले जानकारी दिए ।
उक्त कार्यक्रम नेपाल प्रमुख भिम बहादुर ट्न्डनको अध्यक्षता ,वडा नम्बर ७ का वडाध्यक्ष टोप बहादुर बस्नेत प्रमुख आतिथ्यता ,वडा नम्बर ६ का वडाध्यक्ष हिरा बाहादुर खत्रीको विशिष्ट आतिथ्यता , सस्थाका सल्लाहाकार हरि अर्यल , रामु खत्रीको विशेष आतिथ्यता एवम् वडा नम्बर ६ र ७ का वडा सद्स्यहरु ,समाजसेवीहरुको उल्लेखनीय उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी ७ नम्बर वडाका वडाध्यक्ष बस्नेतले युवाहरुको समाज सेवा प्रतिको लगाब र सद्धभावको प्रशंसा गरेका थिए ।
त्यसै गरि ६ नम्बर वडाका वडाध्यक्ष खत्रीले युवाहरु समाजका अभिन्न अंग रहेकाले समाज र देश विकासका निम्ति युवाहरुको सहभागिता अपरिहार्य रहेको बताए ।
कार्यक्रममा सल्लाहकार हरि अर्यलले युवाहरु विभिन्न कुलतमा फसि रहेको बेला चारपालाका युवाहरु भने आफ्नो क्षेत्रमा रहेका गरिब ,अशाय, एवम् अशक्तहरुलाई विभिन्न कार्यक्रम मार्फत सहयोग गरिरहेको प्रति गर्व महसुस गरे ।
इश्वरी मा.वि. का प्र. हरि कार्की ,गङ्गा नि मा .वि का प्र. इन्द्र थापा , ठुलापोखरा नि मा वि. का प्र. रामु खत्रीले सस्थालाई धन्यवाद गरेका थिए । ७३ हजार बराबरका सामाग्रीहरु हस्तान्तरण गरिएको सस्थाका अध्यक्ष कमल राज कार्कीले जानकारी दिए । सस्थाले गरिब असाय एवम् आर्थिक समस्याले गर्दा उपचार गराउन, बाट बन्चित थुप्रैलाई सहयोग गरि सकेको र आउने दिनहरुमा पनि सहयोग गर्ने सस्थाका सचिव बिकास ट्न्डनले बताए ।
कार्यक्रम सस्थाका कोषाध्यक्ष एवम् यस कार्यक्रमका व्यवस्थापक हिमाल ज्ञवालीले संचालन गरेका थिए भने कार्यक्रमको स्वगत मन्तव्य प्रमुख सद्स्य अर्जुन अधिकारीले गरेका थिए । उक्त कार्यक्रम स्वदेश तथा विदेशमा रहेका चारपाला निवासी युवाहरुको आर्थिक सहयोगबाट सम्पन्न गरिएको सस्थाका सचिव एवम् कार्यक्रमका सहजकर्ता बिकास ट्न्डनले जानकारी दिए ।