• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

रोजगारी सिर्जना र ठगी नियन्त्रण प्राथमिकतामा : मन्त्री चौधरी


  •    रासस / २०७७, १२ पुष आईतवार १७:१७ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    काठमाडौँ, पुस १२ । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले स्वदेशमै रोजगारी सिर्जना तथा वैदेशिक रोजगारीमा देखिएको बेथिति अन्त्य नै आफ्नो प्राथमिकता रहेको बताए ।

    मन्त्रालयमा आज पदबहालीपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले कोभिड–१९ का कारण वैदेशिक रोजगारीमा आएको सङ्कुचन, आन्तरिक श्रम बजारमा देखिएको बेरोजगारीको समस्यालाई समाधान गर्न आफ्नो ध्यान केन्द्रित हुने बताए । “कोरोनाले व्यापार व्यवसाय नराम्ररी प्रभावित भएका छन्, रोजगारी कटौती भएको अवस्था छ, स्वदेशमै रोजगारीको वातावरण निर्माण गर्नेतर्फ लागि पर्छु”, उनले भने। मन्त्री चौधरीले आन्तरिक श्रम बजारमा प्रवेश गर्ने जनशक्ति बेरोजगार हुनुपर्ने अवस्थालाई अन्त्य गर्दै सामाजिक सुरक्षा योजनालाई प्रभावकारी ढङ्गबाट कार्यान्वयनमा लैजाने बताए ।

    वैदेशिक रोजगारीका क्षेत्रमा देखिएको बेथितिको अन्त्य गर्न आफू क्रियाशील हुने प्रतिबद्धता व्यक्त गर्दै उनले वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित बनाउन लागिपर्ने जनाए । उनले मन्त्रालयबाट सम्पादन हुँदै आएका कामकारवाही र अब गर्नुपर्ने कामका बारेमा छलफल गरेर अगाडि बढ्ने बताए ।  “अहिलेसम्म मन्त्रालय कसरी अगाडि बढिरहेको छ, विगतको अभ्यासलाई समीक्षा गरेर अगाडि बढ्छु”, उनले भने। वैदेशिक रोजगारीमा देखिएको ठगी नियन्त्रण गर्न आफू खरोरुपमा उत्रने बताउँदै भने, “बाध्यताले वैदेशिक रोजगारीमा गएका वा जान लागेका युवा कुनै पनि हालतमा ठगिनु हुँदैन भन्ने मेरो मान्यता छ ।” वैदेशिक रोजगार व्यवसायीले पनि पारदर्शीरुपमा काम गर्नुपर्नेमा जोड दिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पर्वतको कुश्मास्थित खुर्कोट सवस्टेशन चार्ज शुरु
    बर्दीमै तास खेलेका १४ प्रहरीलाई कारवाही
    सर्लाहीमा बस पल्टिदा दुई जनाको मृत्यु, १९ जना घाइते
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. पर्वतको कुश्मास्थित खुर्कोट सवस्टेशन चार्ज शुरु

    • २. घट्यो सुनको मूल्य

    • ३. दिलिप र अशिष्माको ‘चल्यो मायाको बतास’भिडियो सार्वजनिक

    • ४. बर्दीमै तास खेलेका १४ प्रहरीलाई कारवाही

    • ५. निर्माण भयो स्वर्गद्वारीमा स्वर्ग वाटिका

    धेरै पढिएको
    • १. सुनको मूल्यमा सामान्य गिरावट

    • २. बढ्यो सुनचाँदीको मूल्य, कति छ आज ?

    • ३. घट्यो सुनको मूल्य

    • ४. जुम्लामा अब दैनिक लोडसेडिङ, लोडसेडिङको तालिका सार्वजनिक

    • ५. पुरुषोत्तम गैह्रे र पद्मा बस्यालको स्वर रहेको ‘रोगै पिरतीको’ सार्वजनिक

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष: शिशिर के सी

    सम्पादक:किशोर पुन मगर

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.