
काठमाडौं , पुष १३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको महामारीका कारण वित्त समस्यामा आएका नागरिकाका लागि तय भएको राहत प्याकेज सम्बन्धी विधेकलाई कानूनमा परिणत गरेका छन् ।
ट्रम्पले आइतबार राति २३ खर्ब डलरको कोरोना भाइरस राहत कोषमा हस्ताक्षर गरेका छन्।
कोरोना भाइरस सहायता विधेयक भनिए पनि त्यसमा कोभिड–१९ सँग सम्बन्धित कुनै पनि व्यवस्था नरहेको ट्रम्पले आरोप लगाएका थिए ।
उनले विभिन्न देशका लागि सहयोग गर्न छुट्याइएको रकम अनावश्यक भन्दै ट्रम्पले त्यसलाई तत्काल हटाउन पनि भनेका थिए ।
सीएनएनका अनुसार ट्रम्पको ९ अर्ब डलर कोभिड राहत प्याकेजको हस्ताक्षरले लाखौं बेरोजगार मजदुरहरु र स्वतन्त्र ठेकेदारहरुको साथसाथै दीर्घकालीन बेरोजगारहरुको बेरोजगारी फाइदा पुग्ने बताइएको छ।
अन्तिम भुक्तानीको सामना गरिरहेका दुई प्रमुख महामारी बेरोजगारी कार्यक्रममा अनुमानित १२ करोड व्यक्तिले अब थप ११ हप्ताका लागि लाभ लिने छन्। साथै, बेरोजगार भुक्तानी संकलन गर्ने सबैले मार्चको माध्यमबाट तीन सय डलर साप्ताहिक संघीय प्रोत्साहन प्राप्त गर्नेछन्।एजेन्सी