• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

साउदीकी अधिकारकर्मी लुजाइन अल हाथलुललाई ५ वर्ष ८ महिनाको जेल सजाय


  •    सुचना डबली डेस्क / २०७७, १४ पुष मंगलवार प्रकाशीत

  • Advertisement

    काठमाडौं ,पौष १४ । साउदी अरबको एक अदालतले एक जना महिला अधिकारकर्मीलाई जेल सजायको फैसला गरेको छ । चर्चित अधिकारकर्मी लौजैन अल हथलौललाई अदालतले सोमबार ५ वर्ष ८ महिनाको जेल सजाय तोकेको हो ।

    अधिकारवादी महिला लुजाइनलाई रिहा गर्न निरन्तर परिरहेको अन्तर्राष्ट्रिय दबाबका बाबजुद यस्तो फैसला आएको त्यहाँका स्थानीय सञ्चारमाध्यमहरुलाई उद्धृत गर्दै अलजजिराले जनाएको छ। ती महिला अधिकारकर्मीले आतंकवादविरुद्धको कानुन उल्लंघन हुने गरी विभिन्न गतिविधिहरु गरेकी अधिकारीहरुको दाबी छ ।

    अदालतले लुजाइनलाई परिवर्तनका लागि आन्दोलन गरेको, विदेशी एजेण्डा बोकेको तथा इन्टरनेटको गलत प्रयोग गरेको जस्ता विषयमा दोषी ठहर गरेको छ । अदालतको फैसलापछि संयुक्त राष्ट्र संघको मानव अधिकार परिषद्ले गहिरो चिन्ता प्रकट गरेको छ।

    विदेशी नागरिकहरुसँग मिलेर साउदी अरबविरुद्ध षड्यन्त्र रचेको आरोपमा उनलाई सन् २०१८ को मे महिनामा पक्राउ गरिएको थियो । सोमबार उनलाई ५ वर्ष ८ महिनाको जेल सजाय सुनाइए पनि उनले ३ वर्ष मात्रै जेलमा बस्नुपर्नेछ । अदालतले हथलौलले २ वर्ष १० महिना यसअघि नै जेलमा बसेकाले उक्त अवधि घटाएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.