• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

सुन्तला उत्पादनमा कमी


  •    सुचना डबली डेस्क / २०७७, १४ पुष मंगलवार १५:०७ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    काठमाडौं ,पौष १४ । सुन्तलाको फूल लाग्ने बेलामा असिना परेपछि जिल्लामा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको हो । गएको चैत वैशाखमा परेको असिनाका कारण सुन्तला उत्पादनमा कमी आएको हो । असिनाका कारण बोटमा क्षति पुग्दा उत्पादनमा कमी आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला जात फलफूल जोन कार्यक्रम नवलपुरका प्रमुख वरिष्ठ कृषि अधिकृत विष्णुप्रसाद शर्माले बताए ।

    नवलपुरमा यस वर्ष करिब २० हजार टन सुन्तला उत्पादन भएको छ । गत वर्ष जिल्लामा २२ हजार ३८ टन सुन्तला उत्पादन भएको थियो । यस वर्ष सुन्तला उत्पादनमा करिब १० प्रतिशतले कमी आएको शर्माले जानकारी दिए । यस वर्ष सुन्तला बिक्रीबाट करिब रु आठ करोडको कारोवार हुने अनुमान गरिएको छ । गत वर्ष जिल्लामा सुन्तला बिक्रीबाट रु नौ करोड आम्दानी भएको थियो । गत वर्ष किसानले थोक मूल्य सरदर रु ३० देखि ४० प्रतिकिलो मूल्यमा बिक्री गरेका थिए । यस वर्ष सुन्तलाको मूल्यमा खासै गिरावट आएको छैन । यस वर्ष सरदर रु ५० देखि ६० प्रतिकिलो किसानले थोकमा बिक्री गरिरहेको शर्माले जानकारी दिए । मूल्यमा यस वर्ष वृद्धि भएकाले उत्पादनमा कमी आए पनि आम्दानीमा भने धेरै फरक नआएको उनको भनाइ छ ।

    जिल्लाको पहाडी क्षेत्रमा सुन्तला जातका फलफूलको राम्रो उत्पादन हुँदै आएकाले त्यसको उत्पादनलाई वृद्धि गराउँदै, व्यावसायीकरण गराउनका लागि यहाँ आर्थिक वर्ष २०७५÷७६ बाट १० वर्षे जोन परियोजना शुरु भएको हो ।

    बुलिङटार गाउँपालिका, बौदीकाली गाउँपालिकाको ४, ५ र ६ नं वडा, देवचुली नगरपालिका–६, गैँडाकोट नगरपालिका–१८ र हुप्सेकोट गाउँपालिका–५ मा कार्यक्रम लागु भएको छ । पाँच सय ३१ हेक्टर क्षेत्रफलमा यहाँ सुन्तला जात फलफूल खेतीको बगैँचा रहेको भए पनि उत्पादनशील क्षेत्रफल भने १८१ हेक्टर मात्रै रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रमुख शर्माले बताए ।

    परियोजनाअन्तर्गत समूह, सहकारीको विवरण अद्यावधिक गर्ने, बगैँचा व्यवस्थापन गर्ने, १०० हेक्टर क्षेत्रफल विस्तार गर्ने, सिँचाइ र गोठ सुधारका कार्यक्रम भइरहेको छ । अहिले जिल्लाको दुई स्थानमा सुन्तला र कागतीको नर्सरी निर्माणको कामसमेत थालनी गरिएको छ । सुन्तला र कागतीका बिरुवा अन्यत्रबाट ल्याउनुपर्दा बिरुवा मर्ने, लागत महङ्गो पर्ने गरेकाले यस वर्षबाट जिल्लाको मध्यविन्दुमा कागती नर्सरी र बौदीकालीमा सुन्तलाको नर्सरी निर्माण शुरु गरिएको कार्यालय प्रमुख शर्माले बताए । रासस

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोपमा महाप्रबन्धक पक्राउ
    बोलेरो ठक्करबाट किशोरीको मृत्यु
    माइक्रोले तीनवटा सवारीलाई ठक्कर दिँदा ९ जना घाइते
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोपमा महाप्रबन्धक पक्राउ

    • २. बोलेरो ठक्करबाट किशोरीको मृत्यु

    • ३. माइक्रोले तीनवटा सवारीलाई ठक्कर दिँदा ९ जना घाइते

    • ४. विप्लव समूहसँग वार्ता गर्न वार्ता टोली गठन

    • ५. आज सुनको मूल्यमा गिरावट

    धेरै पढिएको
    • १. जिल्ला स्तरीय टेबल टेनिसमा न्यु होराईजन प्रथम

    • २. सन्दीप लाहोर क्वालन्डर्सबाट पीएसएल खेल्ने

    • ३. हाइटीको जेलबाट २०० भागे, २५ को मृत्यु

    • ४. सुनको मूल्यमा सामान्य वृद्धि , कतिमा हुँदैछ कारोबार ?

    • ५. नेपाल नियमित रक्तदाता संघद्वारा ११५ पिन्ट रगत संकलन

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष: शिशिर के सी

    सम्पादक:किशोर पुन मगर

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.