• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

नाइजेरियामा सुरक्षा कारबाहीमा नौ जनाको मृत्यु


  •    सुचना डबली डेस्क / २०७७, १५ पुष बुधबार प्रकाशीत

  • Advertisement

    काठमाडौं,पुष १५ । नाइजेरियामा मंगलबार राति सुरक्षाकर्मीहरुले यहाँको उत्तरी अबुजा शहरमा गरेको कारबाहीका क्रममा कम्तीमा पनि नौ जना अज्ञात व्यक्तिको ज्यान गएको बताइएको छ।

    उनीहरु सशस्त्र समूहका व्यक्ति थिए वा को थिए भन्ने बारेमा भने केही पनि बताइएको छैन। प्रहरीले उनीहरुको कारबाहीका क्रममा ज्यान गएको बताएको छ।

    यहाँका अधिकारीहरुले अबुजा शहरमा केही समय अघिदेखि नै सशस्त्र समूहले स्थानीय नागरिकलाई दुःख दिएको बताएका थिए। त्यसैले सो शहरमा ठूलो संख्यामा प्रहरीहरु पनि परिचालन भएका बताइएको थियो। प्रहरी कारबाहीमा परेर सोमबार राति उनीहरु मारिएको जानकारी यहाँका अधिकारीहरुले मंगलबार जानकारी गराएका थिए।

    उक्त शहरमा रातिको समयमा बन्दुकधारीहरु लुट्नका लागि पनि आउने गरेका थिए उनीहरुलाई नै लक्ष्य गरेर प्रहरीले सो सुरक्षा कारबाही चलाएको थियो। अबुजा शहर यहाँको कादुना राज्यमा पर्दछ। सो कादुना राज्यका प्रहरी प्रमुख स्यामुअल अरुवानले सो क्षेत्रमा प्रहरीले गरेको कारबाहीका क्रममा मारिएकाहरुको पहिचानको खोजी भएको जानकारी दिए।

    ती लुटेराहरुको निकै नै आतंक रहेको भनिएका क्षेत्रहरुमा एम्बुस थापेर प्रहरी बसेको थियो। सो एम्बुसलाई पनि छलेर भाग्न खोजेपछि प्रहरीले उनीहरुमाथि गोली चलाएको प्रहरी कमिसनार स्यामुअलले जानकारी दिए।

    उनका अनुसार सो क्षेत्रमा नाइजेरियमा सशस्त्र विद्रोह गरिरहेका आतंंककारी समूहका व्यक्तिहरुको पनि बस्ती रहेकोले उनीहरुको खोजीका लागि पनि ठूलो संख्यमा प्रहरी परिचालन गर्ने गरिएको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.