काठमाडौं,पुष १५ । सुनको भाउ आज ताेलामा एक सय रुपैयाँले बढेको छ ।
हिजो ९४ हजार एक सय रुपैयाँमा कारोबार भएको सुनको भाउ तोलाको ९४ हजार २ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेको छ । हिजो १३ सय रुपैयाँमा किनबेच भएको चाँदीको भाउ आज १३ सय ५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।







