
काठमाडौँ, पुस १७ । शुक्रबार सुनको मुल्यमा वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य प्रति ४ सयले बढेर प्रतितोला ९४ हजार ५ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै शुक्रबार तेजावी सुनको मुल्य प्रतितोला ९४ हजार रहेको छ ।
त्यसैगरी शुक्रबार चाँदीको मुल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १३ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ ।