• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

आठौँ राष्ट्रिय पोशाक दिवस मनाइँदै


  •    सुचना डबली डेस्क / २०७७, १७ पुष शुक्रबार १३:१५ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    काठमाडौँ, पुस १७ । आज (शुक्रवार) आठौँ राष्ट्रिय पोशाक दिवस विभिन्न कार्यक्रम गरी मनाईएको छ ।आज जनवरी १ अर्थात् अंग्रेजी नयाँ वर्ष हो। नेपालमा विक्रम संवत्अनुसार नयाँ वर्ष मनाउने चलन भएकाले नेपाली युवाहरुले जनवरी १ मा भने नेपाली राष्ट्रिय पोसाक लगाएर त्यहीअनुसार मनाउँदै आएका छन्।

     

    ‘हाम्रो शान हाम्रो स्वाभिमान राष्ट्रिय पोशाक हाम्रो पहिचान’ भन्ने मुल नाराका साथ शुक्रवारआठौँ राष्ट्रिय पोशाक दिवस मनाईएको हो । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले काठमाडौंको माइतीघर मण्डलामा विशेष कार्यक्रम गरी राष्ट्रिय पोशाक दिवस मनाएको छ । अंग्रेजी नयाँ वर्षको पहिलो दिन समेत पर्ने यस दिनमा देश विदेशमा छरिएर रहेका नेपालीहरुले नेपाली पोशाक दौरा सुरुवाल, टोपी, गुन्युचोली लगाएर प्रचार प्रसार गर्ने गरेका छन् ।

     

    बि.सं. २०७० साल पौष १७ गते गतेदेखि यस दिनलाई राष्ट्रिय पोशाक दिवसका रुपमा मनाउन थालिएको हो । यस दिवसको संयोजन गर्दै आएका राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष राजानन्द माण्डव्यले नेपाली मौलिकता तथा संस्कृतिलाई विदेशी संस्कृतिले धरासयी बनाउन लागेको अवस्थामा नेपाली संस्कृति र सभ्यतालाई विश्वभर उजागर गर्न राष्ट्रिय पोशाक दिवसको सुरुवात गरिएको बताए । सरकारले नेपालको सबै जातजाति, भाषा, धर्म, संस्कृतिलाई प्रतिनिधित्व गर्ने साझा पोशाक घोषणा गर्नुपर्ने पनि उनले बताए ।

     

    संघीय राजधानी काठमाडौंको माइतीघरमा युवाहरु राष्ट्रिय पोसाक दौरासुरुवाल, टोपी लगाएर ब्यानरसहित भेला भएका थिए। युवायुवतीहरुले ढाका टोपी पहिरिएर, गुन्युचोलो लगाएर, राष्ट्रिय झण्डा बोकेर यो दिवस मनाएका हुन्। यो दिवस युवाहरुले स्वतः रुपमा मनाउनथालेका छन्। यो आठौँ राष्ट्रिय पोसाक दिवस हो।

     

    यस दिन देश विदेशमा छरिएर रहेका नेपालीहरुले स्वस्फुर्त रुपमा दौरासुरुवाल तथा गुन्युचोली लगाएर विभिन्न कार्यक्रमहरुमा भागलिने तथा सामाजिक सञ्जालमा प्रचारप्रसार गर्दै आएका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकामा फेरि घरभित्रै मृत भेटिए दम्पती
    पुरुषोत्तम गैह्रे र पद्मा बस्यालको स्वर रहेको ‘रोगै पिरतीको’ सार्वजनिक
    बढ्यो सुनचाँदीको मूल्य, कति छ आज ?
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकामा फेरि घरभित्रै मृत भेटिए दम्पती

    • २. पुरुषोत्तम गैह्रे र पद्मा बस्यालको स्वर रहेको ‘रोगै पिरतीको’ सार्वजनिक

    • ३. बढ्यो सुनचाँदीको मूल्य, कति छ आज ?

    • ४. निशान भट्टराईको नयाँ गीत ‘ओई प्यारी’ सार्वजनिक

    • ५. सप्तरीमा आगलागी ,चार घर जल्यो

    धेरै पढिएको
    • १. सुनको मूल्यमा सामान्य गिरावट

    • २. एलिना चौहान र गणेश ओझाको स्वरमा ‘बडो अप्ठेरो’ गीत सार्वजनिक

    • ३. भुकम्प सुरक्षा दिवशको अवसरमा अन्तरक्रिया कार्यक्रम

    • ४. आर्मीको विजयी सुरुवात

    • ५. जुम्लामा अब दैनिक लोडसेडिङ, लोडसेडिङको तालिका सार्वजनिक

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष: शिशिर के सी

    सम्पादक:किशोर पुन मगर

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.