काठमाडौँ, पुस १८ । बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ आधारभार जंगल क्षेत्रमा निजी कारको ठक्करबाट एउटा पाटे बाघको मृत्यु भएको छ । हेटौंडाबाट निजगढतर्फ गइरहेको बा १६ च ८११ नम्बरको जिपले शनिबार बिहान ७ बजेर २० मिनेटमा राजमार्गमै बाघलाई ठक्कर दिएको थियो ।
कारको ठक्करबाट १० वर्षको पूर्ण वयस्क पाटे बाघको राजमार्गमै मृत्यु भएको बारा प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय सिमराका डीएसपी दीपक श्रेष्ठले गाडी र चालक दुबैलाई नियन्त्रणमा लिएर निकुञ्जको जिम्मा लगाएको बताएका छन् ।
कार चालक सर्लाहीका ५० वर्षीय अजय मिश्र र बाघलाई प्रहरीले राष्ट्रिय निकुञ्जको जिम्मा लगाएको छ ।







