काठमाडौं पुष २० : नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीताको उपचारका लागि भारत जाँदैछन् । सोमबार सीतालाई लिएर मुम्बई जान लागेको प्रचण्डको सचिवलायले जनाएको छ।
पार्किन्सन रोगबाट पीडित सीतालाई गत बुधबारयता मेडीसिटी अस्पताल भर्ना गरेर उपचार भइरहेको छ । तर स्वास्थ्यमा सुधार नआएपछि भारत लैजान लागेको अध्यक्ष प्रचण्डले बैठकमा जानकारी गराएका थिए ।
अस्वस्थ्य भएपछि केही दिनअघि सीतालाई मेडिसिटी अस्पताल भर्ना गरिएको थियो। स्वास्थ्यमा सुधार नआएपछि सीतालाई आज भारतको मुम्बई लैजान लागिएको हो । उनको साथमा छोरी गंगा दाहाल पनि रहने प्रचण्डको सचिवालयले जनाएको छ ।
सीता पार्किन्सन जस्तो देखिने प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी)बाट लामो समयदेखि पीडित छिन् । यसअघि पनि उनको भारत,अमेरिका, सिंगापुरलगायतका अस्पतालमा उपचार गरिएको थियो।







