
काठमाडौं, पुष २२ । नवनियुक्त खोनपानी मन्त्री मणि थापालाई जाजरकोटमा कालो झण्डा देखाइएको छ। जाजरकोटमा कालो झण्डा देखाएर विरोध गरिएको छ ।
मन्त्री थापा ओली समूहको पार्टी प्रशिक्षणका लागि जाजरकोट पुगेका थिए।
ओली नेकपा समूहको अगुवा कार्यक्रता भेलालाई सम्वोधन गर्न आएका मन्त्री थापालाई विद्यार्थीहरुले हिजो कालो झण्डा देखाएका थिए भने आज बुधबार जिल्लाबाट बाहिरिँदै गर्दा पनि कालो झण्डा देखाएर विरोध गरेका हुन् ।
संसद विघटनपछि उत्पन्न परिस्थितिमा पच्छगमनतर्फ अघि बढेको भन्दै विरोध गरेको विद्यार्थी नेता दिनेश गौतमले बताए ।
प्रचण्ड(माधव समूह छोडेका थापा ओली समूहका स्थायी कमिटी सदस्य हुन्।