
काठमाडौं ,पुस २३ : महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरीका मोटरसाइकल चलाउने दुई युवकलाई पक्राउ गरेको छ । उनीहरुको साथबाट दुई थान मोटरसाइकलसमेत बरामद गरेको महाशाखाले जनाएको छ ।
पक्राउ पर्नेमा धादिङको नीलकण्ठ नगरपालिका–९, मुरली भन्ज्याङ्गका २६ वर्षीय राजन मगर र थाक्रे गाउँपालिका–१, देवीस्थानका २१ वर्षीय राजन तामाङ छन् ।
ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले नयाँबजारबाट आयुष थापामगर र बालाजुबाट रोशन लामिछानेलाई पक्राउ गरिएको जानकारी दिए ।
उनका अनुसार थापामगर र लामिछाने दुवै चोरीको मोटरसाइकलमा सवार थिए । उनीहरु दुवै काठमाडौंमा बस्दै आएको र मोटरसाइकल चोरीमा संलग्न रहेको महाशाखाले विज्ञप्तिमार्फत जनाएको छ ।