
काठमाडौं, पुस २४ । शुक्रबार सुनको मूल्य प्रतितोला एक सयले घटेको छ। बिहीबार प्रतितोला ९५ हजार ४ सयमा कारोबार भएको सुन आज ९५ हजार ३ सयमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
शुक्रबार चाँदीको मूल्य भने स्थिर छ। बिहीबार प्रतितोला १३ सय ३० रूपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।