
काठमाडौं, पुस २४ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई शनिबार पनि कार्यालय खुला गर्न निर्देशन दिएको छ ।
केन्द्रीय बैंकले राजस्व संकलन गर्ने बैंक तथा वित्तीय संस्थाका सम्पूर्ण काउन्टर र शाखा खोल्न निर्देशन दिएको हो ।
बैंकहरूले शनिवार राजस्व संकलन गर्न कार्यालय खोलेसँगै विद्युतीय माध्यमबाट तत्कालै भुक्तानी गर्न सकिने प्रणालीबाट पनि सेवा प्राप्त गर्न सकिने राष्ट्र बैंकले बताएको छ ।
राष्ट्र बैंकले पुस २५ गते राजस्व संकलन गर्ने प्रयोजनका लागि आरटीजीएस प्रणाली समेत सञ्चालन हुने जनाएको छ ।