
काठमाडौं , पौष २६ । सिरहामा स्रोत नखुलेको ३१ लाख ८९ हजार रुपैयाँसहित एकजना पक्राउ परेका छन् ।
प्रहरी चौकी ककडीगोठबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको ३१ लाख ८९ हजारसहित १ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सिरहा नगरपालिका–२२, हक्पारा बस्ने ३९ वर्षीय शिवनाथ यादव छन् ।
भारतबाट नेपालतर्फ पैदल आइरहेका यादवलाई प्रहरीचौकी लकढीगोठबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनले बोकेको झोलामा उक्त नगद फेला पारी पक्राउ गरेको जनाइएको छ ।
प्रहरीले पक्राउ परेका यादवमाथि थप अनुसन्धान र आवश्यक कारबाहीका लागि सम्पत्ति शुद्धीकरण विभाग हरिहर भवन ललितपुरमा पठाइएको जनाएको छ ।