• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

अझै रोकिएन महिला तथा बालबालिका हराउनेक्रम


  •    सुचना डबली डेस्क / २०७७, २६ पुष आईतवार १४:१५ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    काठमाडौं , पौष २६ । जिल्लामा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक हराउने क्रम भने वृद्धि हुँदै गएको छ । चालु आर्थिक वर्ष २०७७-७८ को साउनदेखि यही पुस २५ गतेसम्म ४६ महिला, बालबालिका र ज्येष्ठ नागरिक हराएका छन् ।

    जिल्ला प्रहरी कार्यालयको अनुसार हराएका ती मध्ये ३५ महिला, नौ बालिका, एक बालक र एक ज्येष्ठ नागरिक रहेका छन् । महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका प्रमुख नन्दुकुमारी अधिकारीले हराएकामध्ये १८ महिला, पाँच बालिका, एक बालक र एक ज्येष्ठ नागरिक रहेका छन् । त्यस्तै १७ महिला, चार बालिका अझै फेला नपरेको प्रहरीले जनाएको छ । फेला नपरेका ती महिला तथा बालिकाहरुको प्रहरीले खोजी जारी राखेको उहाँको भनाइ छ ।

    त्यस्तै गत आवमा ८६ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक हराएका थिए । ती मध्ये ६४ महिला, १६ बालिका, तीन-तीन बालक तथा ज्येष्ठ नागरिक रहेको प्रहरीले जनाएको छ ।
    त्यस्तै हराएकामध्ये ४२ महिला, १४ बालिका, ३ नै बालक र दुई ज्येष्ठ नागरिक फेला परेका छन् । अझै २२ महिला, दुई बालिका र एक ज्येष्ठ नागरिक बेपत्ता रहेको प्रहरीको भनाइ छ ।

    आर्थिक वर्ष २०७५-७६ मा १०४ महिला तथा बालबालिका हराएका थिए । ती मध्ये ७२ महिला, ६ बालक, २६ बालिका रहेका छन् । तीमध्ये ५४ महिला, चार बालक र २२ बालिका फेला परेका छन् । अठार महिला, दुई बालक र चार बालिका हराएका छन् । त्यस्तै, आर्थिक वर्ष २०७४-७५ मा ८० महिला तथा बालबालिका हराएको प्रहरीको तथ्याङ्कमा रहेको छ । तीमध्ये ५० महिला, १२ बालक र १८ बालिका रहेका छन् । त्यस्तै, २३ महिला, ६ बालक र ६ बालिका फेला परेका थिए भने २७ महिला, ६ बालक र १२ बालिका भने भेटिएको छैन ।

    त्यस्तै आर्थिक वर्ष २०७३-७४ मा ८० महिला तथा बालबालिका रहेको थियो । सो अवधिमा २३ महिला १२ बालक र १८ बालिका रहेका छन् । ती मध्ये २२ महिला, १२ नै बालक र ६ बालिका फेला परेको प्रहरीको तथ्याङ्कमा रहेको छ ।

    महिला तथा बालबालिका हराउनुमा वैदैशिक रोजगार, अन्तरजातीय प्रेम, सामाजिक सञ्जालको प्रयोग, गलत साथीको सङ्गत, घर झगडा, प्रेममा धोकालगायतका कारणले महिला तथा बालबालिका हराउने गरेको पाइन्छ । प्रहरीले खोजी कार्यमा अग्रसरता देखाउँदै आए पनि यी हराएकामध्ये फेला परेका भने अधिकांश आफन्तको सम्र्पकमा आएको देखिन्छ । प्रहरीले वर्षेनी ६ देखि १७ जना मात्रै फेला पारेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । आर्थिक वर्ष २०७३-७४ देखि सबै भन्दा बढी गत आवमा १७ महिला तथा बालबालिका प्रहरीले फेला पारेका थिए ।-रासस

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पर्वतको कुश्मास्थित खुर्कोट सवस्टेशन चार्ज शुरु
    घट्यो सुनको मूल्य
    बर्दीमै तास खेलेका १४ प्रहरीलाई कारवाही
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. पर्वतको कुश्मास्थित खुर्कोट सवस्टेशन चार्ज शुरु

    • २. घट्यो सुनको मूल्य

    • ३. दिलिप र अशिष्माको ‘चल्यो मायाको बतास’भिडियो सार्वजनिक

    • ४. बर्दीमै तास खेलेका १४ प्रहरीलाई कारवाही

    • ५. निर्माण भयो स्वर्गद्वारीमा स्वर्ग वाटिका

    धेरै पढिएको
    • १. सुनको मूल्यमा सामान्य गिरावट

    • २. बढ्यो सुनचाँदीको मूल्य, कति छ आज ?

    • ३. घट्यो सुनको मूल्य

    • ४. जुम्लामा अब दैनिक लोडसेडिङ, लोडसेडिङको तालिका सार्वजनिक

    • ५. पुरुषोत्तम गैह्रे र पद्मा बस्यालको स्वर रहेको ‘रोगै पिरतीको’ सार्वजनिक

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष: शिशिर के सी

    सम्पादक:किशोर पुन मगर

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.