• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

आर्मीको विजयी सुरुवात


  •    सुचना डबली डेस्क / २०७७, २ माघ शुक्रबार प्रकाशीत

  • Advertisement

    काठमाडौं, माघ २ । त्रिभुवन आर्मीले चौथो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

    आज भएको प्रतियोगिताको पहिलो खेलमा गण्डकीलाई ९८ रनले हराउँदै आर्मीले विजयी सुरुवात गरेको हो । जितका लागि २ सय ८८ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको गण्डकी प्रदेशले ४८ ओभरमा सबै विकेट गुमाउदै १ सय ८९ रन मात्र बनाउन सक्यो । गण्डकीका लागि युवा व्याट्सम्यानको प्रदर्शन उत्कृष्ट रह्यो । गण्डकीका युवा व्याट्सम्यान समिर कंडेलले सर्वाधिक ५० रन बनाए । उनले ९० बल खेल्दै ५ चौकासहित ५० रन बनाएका थिए । यस्तै कप्तान विपिन खत्री ३७ रनमा अविचित रहे भने अर्जुन कुमालले ३६ रन, दिपक डुम्रेले २६ र विष्णु पाण्डेले १२ रन जोडे । गण्डकीका अन्य खेलाडिले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । गण्डकीलाई हराउन आर्मीका लेग स्पिनर राजेश पुलामी मगरले ५ विकेट लिए । ९ ओभर वलिङ गरेको उनले २ मेडन सहित २५ रन खर्चिएर ५ विकेट लिएका हुन् । यस्तै भिम सार्किले ३ र आकाश चन्द र रोहित कुमार पौडेलले १–१ विकेट लिए ।

    यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको त्रिभुवन आर्कि क्लवले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउदै २ सय ८८ रन बनाएको थियो । आर्मीका लागि कप्तान विनोद भण्डारीले सतकिय पारी खेले । उनले ७६ बलमा ९ चौका र ५ छक्का सहित १ सय ११ रनमा अविजित रहे । यस्तै राजु रिजालले ४५, लोकेश वमले ४२, राजेश पुलामीले ३८, भिम सार्कीले १५, हरिकृष्ण झाले १४ र रोहित पौडेलले १० रन बनाए । गण्डकीका लागि वलिङतर्फ विशाल पौडेल र विपिन कार्कीले सर्वाधिक २–२ लिए । विशाल पौडेलले १० ओभरमा ५७ रन खर्चेर २ विकेट र कप्तान बिपिन खत्रीले १० ओभरमा १ मेडन सहित ७५ रन खर्चेर २ विकेट लिए । यस्तै दिपेश खत्री र चन्द्र पौडेलले १–१ विकेट लिए ।

    प्रतियोगिताको दोस्रो दिन शनिवार शरद भेषवाकारको कप्तानीमा रहेको नेपाल एपिएफ क्लब र सिद्दान्त लिहोनिको कप्तानीमा रहेको प्रदेश नंम्वर १ विच खेल हुनेछ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.