• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football खेलकुद बुटवल cricket koche nepal.com power news covid-19 messi sports nepal sandeep

आर्मीको विजयी सुरुवात


  •    सुचना डबली डेस्क / २०७७, २ माघ शुक्रबार प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    काठमाडौं, माघ २ । त्रिभुवन आर्मीले चौथो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

    आज भएको प्रतियोगिताको पहिलो खेलमा गण्डकीलाई ९८ रनले हराउँदै आर्मीले विजयी सुरुवात गरेको हो । जितका लागि २ सय ८८ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको गण्डकी प्रदेशले ४८ ओभरमा सबै विकेट गुमाउदै १ सय ८९ रन मात्र बनाउन सक्यो । गण्डकीका लागि युवा व्याट्सम्यानको प्रदर्शन उत्कृष्ट रह्यो । गण्डकीका युवा व्याट्सम्यान समिर कंडेलले सर्वाधिक ५० रन बनाए । उनले ९० बल खेल्दै ५ चौकासहित ५० रन बनाएका थिए । यस्तै कप्तान विपिन खत्री ३७ रनमा अविचित रहे भने अर्जुन कुमालले ३६ रन, दिपक डुम्रेले २६ र विष्णु पाण्डेले १२ रन जोडे । गण्डकीका अन्य खेलाडिले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । गण्डकीलाई हराउन आर्मीका लेग स्पिनर राजेश पुलामी मगरले ५ विकेट लिए । ९ ओभर वलिङ गरेको उनले २ मेडन सहित २५ रन खर्चिएर ५ विकेट लिएका हुन् । यस्तै भिम सार्किले ३ र आकाश चन्द र रोहित कुमार पौडेलले १–१ विकेट लिए ।

    यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको त्रिभुवन आर्कि क्लवले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउदै २ सय ८८ रन बनाएको थियो । आर्मीका लागि कप्तान विनोद भण्डारीले सतकिय पारी खेले । उनले ७६ बलमा ९ चौका र ५ छक्का सहित १ सय ११ रनमा अविजित रहे । यस्तै राजु रिजालले ४५, लोकेश वमले ४२, राजेश पुलामीले ३८, भिम सार्कीले १५, हरिकृष्ण झाले १४ र रोहित पौडेलले १० रन बनाए । गण्डकीका लागि वलिङतर्फ विशाल पौडेल र विपिन कार्कीले सर्वाधिक २–२ लिए । विशाल पौडेलले १० ओभरमा ५७ रन खर्चेर २ विकेट र कप्तान बिपिन खत्रीले १० ओभरमा १ मेडन सहित ७५ रन खर्चेर २ विकेट लिए । यस्तै दिपेश खत्री र चन्द्र पौडेलले १–१ विकेट लिए ।

    प्रतियोगिताको दोस्रो दिन शनिवार शरद भेषवाकारको कप्तानीमा रहेको नेपाल एपिएफ क्लब र सिद्दान्त लिहोनिको कप्तानीमा रहेको प्रदेश नंम्वर १ विच खेल हुनेछ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    देबिलाल स्मृति कप खुल्ला क्रिकेट प्रतियोगिताको उपाधि अखिल(क्रान्तिकारी)लाई
    पाँचौ ओशियाना कृकेट विधाको फाइनलमा (एन्का)ले न्यू साउथ वेल्सलाइ हरायो
    बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ जेठ १२ बाट प्रदर्शनमा आउने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. चलचित्र ‘वेलकम टु हेम्जाकोट’ को ट्रेलर सार्वजनिक

    • २. देबिलाल स्मृति कप खुल्ला क्रिकेट प्रतियोगिताको उपाधि अखिल(क्रान्तिकारी)लाई

    • ३. बिमा दिवस पोखरा विश्वविद्यालयमा भव्यताका साथ सम्पन्न

    • ४. लायन्सले गर्यो विद्यार्थीलाई पोसाक वितरण

    • ५. व्यावसायिक सेफ थापा सम्मानित

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    अध्यक्ष:शिशिर के.सी.

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:टुआर क्षेत्री

    सम्पर्क

    का.म.पा. २९ अनामनगर

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.