काठमाडौँ, माघ ७ – मेचीनगर नगरपालिका- १३ स्थित चन्द्रगढी चारआली सडकखण्डमा टिपरको ठक्करबाट बुधबार बिहान एक किशोरीको मृत्यु भएको छ।
टिपरले ठक्कर दिँदा पैदल यात्री १८ वर्षीया अन्सु शिवाकोटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए।
दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे १ ख २५१५ नम्बरको टिपरले पैदल यात्रीलाई ठक्कर दिदाँ पैदल यात्री मेचीनगर १३ का १८ वर्षका राहुल बस्नेत र सोही वार्ड नं की १८ वर्षीया अन्सु शिवाकोटीलाई ठक्कर दिएको थियो।
शिवाकोटीको टाउकोमा गम्भीर चोट लागेको थियो। तत्काल बिर्तामोडस्थित बिएण्सी हस्पिटल लगिएपनि शिवाकोटीको उपचारकै क्रममा मृत्यु भएको थापाले बताए। ।
शिवाकोटीसँगै बाटोमा हिँड्दै गरेका १८ वर्षीय राहुल बस्नेतको हात र खुट्टामा चोट लागेको छ। ठक्कर दिने टिपर तथा टिपर चालक भद्रपुर नगरपालिका – ९ बस्ने सुमन ओझा रहेको र उनलाई ईलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको प्रवक्ता थापाले बताए।







