• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

लोकगायक रत्न बानियाँको निधन


  •    सुचना डबली डेस्क / २०७७, ७ माघ बुधबार प्रकाशीत

  • Advertisement

    काठमाडौँ, माघ ७ –गायक तथा सर्जक रत्न बाँनियाको निधन भएको छ । लामो समयदेखि लोकदोहोरी क्षेत्रमा सक्रिय गायक बानियाँको ५८ वर्षको उमेरमा निधन भएको छ ।

    उनको बुधबार बिहान ओम अस्पतालमा निधन भएको हो । बानियाँले केही वर्ष यता मिर्गौला फेल भएपछि डायलासिस गराउँदै आएका थिए । उनी सुगर, प्रेसरको समेत बिरामी थिए ।

    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका आजिवन सदस्य एवम् झरना संगीतका संचालक समेत रहेका बानियाँले गीतसंगीतको क्षेत्रमा लामो समय योगदान दिएका छन् ।

    स्याङ्जा जिल्लाको फेदीखोलामा जन्मिएका गायक बानियाँ तीन दशकभन्दा लामो समयदेखि लोकदोहोरी क्षेत्रमा सक्रिय थिए । उनले सयौं गीतमा स्वर दिएका छन् । ‘लडाइको लाहुरे’ उनको चर्चित एल्बम हो ।

    उनी गायकको अलवा संगीकाकार तथा गीतकार समेत रहेका थिए । उनको ‘लडाईंको लाहुरे’, ‘पानमा सुपारी’, ‘बिन्ती छ निष्ठुरी‘, ‘यति राम्रो झिल्के’, ‘स्याङ्जा दहथुम’लगायत सयौ गीतले चर्चा पाएका छन् ।

    बानियाँको आजै पशुपति आर्यघाटमा अन्तिमसंस्कार गरिनेछ । बाँनियका श्रीमती, दुई छोरा र एक छोरी रहेकी छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.