
काठमाडौं, माघ ११ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र मोडेल जाङ्मु इन शेर्पाबीच आज काठमाडौंको एक पार्टी प्यालेसमा बिहे हुँदैछ।५० वर्षीय मुख्यमन्त्री राईले २० वर्षिया सन् २०१८ की ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासंग विवाह गर्न लागेका हुन् ।
मुख्यमन्त्री राई र ज्याङ्मुको उमेरअन्तर निकै फरक छ । ५० वर्षीय राईले आफूभन्दा झन्डै आधा उमेर कमकी ज्याङ्मु शेर्पासँग विवाह गर्न लागेका हुन् ।
कोरोनामहामारीका कारण काठमाडौंमा सामान्य रिसेप्सन आयोजना भएपनि विराटनगरमा भोजको आयोजना गरिने राईको सचिवालयले जनाएको छ।
रिसेप्सन कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी देखि प्रधानमन्त्री केपी शर्मा ओलीलाई निम्तो दिइएको राई निकट स्रोतले जनाएको छ।
मुख्यमन्त्री राई र ज्याङ्मु बिचको वैवाहिक जिवन सुरुवातको लागि आफन्त नातेदार तथा सुभचिन्तकहरुले उनीहरुलाई समाजिक सञ्जालहरुमार्फत पनि अग्रिम शुभकामना दिँदै आएका छन् । ज्याङ्मु शेर्पा आफैले पनि हिजो (शनिवार) सामाजिक सञ्जालमा आफ्नो मन जित्ने मान्छेसंग खुसीसमथ वैवाहिक जिवनमा बाधिँदै भनेर लेखेकी थिईन् ।