
काठमाडौँ, माघ १२ । सोमबार पनि सुनको भाउमा गिरावट आएको छ । आइतबार तोलामा ३०० रुपैयाँ घटेको सुनको भाउ सोमबार भने तोलामा २०० रुपैयाँ घटेको हो ।
आज छापवाल सुन ९२ हजार ४०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुन भने प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।
यता, चाँदीको भाउ भने आज पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला एक हजार २६० रुपैयाँमा कारोबार गर्न सकिने महासंघले जनाएको छ ।