
काठमाडौँ, माघ १२ । बलिउड अभिनेता वरुण धवन र उनकी प्रेमिका नताशा दलालको आइतबार विवाह भएको छ। हिन्दु संस्कृति अनुसार, वरुण र नताशाको विवाह मुम्बई नजिकै रहेको अलीबागको मेन्सन हाउसमा विवाह गरेका हुन् ।
वरुणले इन्स्टाग्राममा नतासासँगको विवाहको फोटो सेयर गर्दै लेखेका छन्, ‘उनी मेरी आधिकारिक रुपमा जीवनभरको साथी भइन्।
उनीहरुको वैवाहिक तस्वीर सामाजिक सन्जालमा भाइरल बनिरहेको छ ।
वरुणले पहिलो पटक नताशासँगको सम्बन्धबारे सन् २०१८ मा ‘कफी विद करण’ मा सार्वजनिक गरेका थिए। हालैमात्र पनि उनले करिना कपुरको रेडियो कार्यक्रम ‘ह्वाट विमेन वान्ट’मा नताशासँगको सम्बन्धबारे बोल्दै कसरी उनीहरूको प्रेम सम्बन्ध गाँसियो भनेर बताएका थिए।
उनीहरुको विवाहमा केही विशेष मान्छेलाई मात्र निमन्त्रणा गरिएको थियो । जसमा निर्माता तथा निर्देशक करण जोहर र फेसन डिजाइनर मनीष मल्होत्रा प्रमुख थिए । विवाहमा उनीहरु दुई बाहेक कोही पनि चर्चित स्टार देखिएनन् । उनीहरुले आयोजना गर्न लागेको रिसेप्सनमा बलिउडका ठूला स्टारको उपस्थिति हुने जनाइएको छ ।
वरुणकी प्रेमिका नताशा फेसन डिजाइनर हुन्। यो जोडी बिहे गर्ने तयारीमा रहेको हल्ला अघिल्लो वर्ष खुबै चलेको थियो।