• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

प्यूठानमा पहिलो दिन ३० जनाले लगाए कोरोना बिरुद्वको खोप


  •    सुचना डबली डेस्क / २०७७, १५ माघ बिहीबार १८:४८ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    प्यूठान, माघ १५ । प्यूठानमा कोरोना बिरुद्वको प्रथम चरणको खोप अभियान शुभारम्भ गरिएको छ । आज जिल्ला कोभिड १९ खोप समन्वय समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी खिमराज भुसालको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख केशवराज आचार्यको प्रमुख आतिथ्यतामा एक कार्यक्रमका बीच प्यूठान अस्पताल विजुवारमा शुभारम्भ गरिएको हो ।

    प्रजिअ भुसाल र जिल्ला समन्वय समितिका प्रमुख आचार्यले जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सबु काफ्लेलाई खोप तथा खोपजन्य सामग्री हस्तान्तरण गर्नुभएको थियो । स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुवेदी र प्यूठान अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सबु काफ्लेलाई खोप लगाई खोपको शुभारम्भ गरिएको हो ।

    आज पहिलो दिन स्वास्थ्य कार्यालय प्यूठानमा कार्यरत र प्यूठान अस्पतालमा कार्यरत ३० स्वास्थ्यकर्मीलाई कोरोना विरुद्धको खोप लगाइएको स्वास्थ्य कार्यालय प्युठानका प्रमुख सुवेदीले जानकारी दिए । खोप अभियान माघ २१ गते सम्म चल्नेछ । उनले भने, “पहिलो चरणमा अग्रपंक्तिमा कार्यरत स्वास्थ्यकर्मी, स्वास्थ्य सस्थामा कार्यरत अन्य कर्मचारी, एम्वुलेन्स चालक, स्वयमसेविका लगायत जिल्लाभरका ११ सय ५२ जनालाई खोप लगाईने लक्ष्य रहेको छ ।”

    जसमा प्यूठान नगरपालिकामा १२७ जना, झिमरुक गाउँपालिकामा ९८ जना, गौमुखी गाउँपालिकामा ११७ जना, माण्डवी गाउँपालिका ८० जना, मल्लरानी गाउँपालिकामा ९३ जना, नौवहिनिमा १११ जना, स्वर्गद्वारी नगरपालिकामा १४३ जना, सरुमारानी गाउँपालिकामा ७७ जना, ऐरावतीमा ८९ जनामा, गैरसरकारी तथा निजी कार्यालयमा कार्यरत कर्मचारी ८० जनामा, एम्वुलेन्स चालक र सहचालक १८ जनामा, स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालमा कार्यरत कर्मचारी ११९ जनामा कोरोना विरुद्धको खोप लगाइने लक्ष्य राखिएको स्वास्थ्य कार्यालय प्रमुख सुवेदीले बताए ।

    पहिलो चरणमा जिल्लामा २३ सय ६० डोज खोप आएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोपमा महाप्रबन्धक पक्राउ
    बोलेरो ठक्करबाट किशोरीको मृत्यु
    माइक्रोले तीनवटा सवारीलाई ठक्कर दिँदा ९ जना घाइते
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोपमा महाप्रबन्धक पक्राउ

    • २. बोलेरो ठक्करबाट किशोरीको मृत्यु

    • ३. माइक्रोले तीनवटा सवारीलाई ठक्कर दिँदा ९ जना घाइते

    • ४. विप्लव समूहसँग वार्ता गर्न वार्ता टोली गठन

    • ५. आज सुनको मूल्यमा गिरावट

    धेरै पढिएको
    • १. जिल्ला स्तरीय टेबल टेनिसमा न्यु होराईजन प्रथम

    • २. सन्दीप लाहोर क्वालन्डर्सबाट पीएसएल खेल्ने

    • ३. हाइटीको जेलबाट २०० भागे, २५ को मृत्यु

    • ४. सुनको मूल्यमा सामान्य वृद्धि , कतिमा हुँदैछ कारोबार ?

    • ५. नेपाल नियमित रक्तदाता संघद्वारा ११५ पिन्ट रगत संकलन

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष: शिशिर के सी

    सम्पादक:किशोर पुन मगर

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.