• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

प्यूठानमा पहिलो दिन ३० जनाले लगाए कोरोना बिरुद्वको खोप


  •    सुचना डबली डेस्क / २०७७, १५ माघ बिहीबार प्रकाशीत

  • Advertisement

    प्यूठान, माघ १५ । प्यूठानमा कोरोना बिरुद्वको प्रथम चरणको खोप अभियान शुभारम्भ गरिएको छ । आज जिल्ला कोभिड १९ खोप समन्वय समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी खिमराज भुसालको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख केशवराज आचार्यको प्रमुख आतिथ्यतामा एक कार्यक्रमका बीच प्यूठान अस्पताल विजुवारमा शुभारम्भ गरिएको हो ।

    प्रजिअ भुसाल र जिल्ला समन्वय समितिका प्रमुख आचार्यले जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सबु काफ्लेलाई खोप तथा खोपजन्य सामग्री हस्तान्तरण गर्नुभएको थियो । स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुवेदी र प्यूठान अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सबु काफ्लेलाई खोप लगाई खोपको शुभारम्भ गरिएको हो ।

    आज पहिलो दिन स्वास्थ्य कार्यालय प्यूठानमा कार्यरत र प्यूठान अस्पतालमा कार्यरत ३० स्वास्थ्यकर्मीलाई कोरोना विरुद्धको खोप लगाइएको स्वास्थ्य कार्यालय प्युठानका प्रमुख सुवेदीले जानकारी दिए । खोप अभियान माघ २१ गते सम्म चल्नेछ । उनले भने, “पहिलो चरणमा अग्रपंक्तिमा कार्यरत स्वास्थ्यकर्मी, स्वास्थ्य सस्थामा कार्यरत अन्य कर्मचारी, एम्वुलेन्स चालक, स्वयमसेविका लगायत जिल्लाभरका ११ सय ५२ जनालाई खोप लगाईने लक्ष्य रहेको छ ।”

    जसमा प्यूठान नगरपालिकामा १२७ जना, झिमरुक गाउँपालिकामा ९८ जना, गौमुखी गाउँपालिकामा ११७ जना, माण्डवी गाउँपालिका ८० जना, मल्लरानी गाउँपालिकामा ९३ जना, नौवहिनिमा १११ जना, स्वर्गद्वारी नगरपालिकामा १४३ जना, सरुमारानी गाउँपालिकामा ७७ जना, ऐरावतीमा ८९ जनामा, गैरसरकारी तथा निजी कार्यालयमा कार्यरत कर्मचारी ८० जनामा, एम्वुलेन्स चालक र सहचालक १८ जनामा, स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालमा कार्यरत कर्मचारी ११९ जनामा कोरोना विरुद्धको खोप लगाइने लक्ष्य राखिएको स्वास्थ्य कार्यालय प्रमुख सुवेदीले बताए ।

    पहिलो चरणमा जिल्लामा २३ सय ६० डोज खोप आएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.