• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

झिमरुकमा ‘उपाध्यक्ष कोसेली’ कार्यक्रम मार्फत जेष्ठ नागरिकलाई कोसेली


  •    सुचना डबली डेस्क / २०७७, २९ माघ बिहीबार १९:१४ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    प्यूठान, माघ २९ । प्यूठानको झिमरुक गाउँपालिकाले गाउँपालिका भित्रका जेष्ठनागरिकलाई लक्षित गर्दै ‘उपाध्यक्ष कोसेली’ कार्यक्रम शुरु गरेको छ ।

    पालिका भित्र रहेका ८४ वर्षमाथिका जेष्ठनागरिकको वडा मार्फत तथ्यांक संकलन गरी कार्यक्रम सञ्चालन गरिएको पालिकाका स्वास्थ्य शाखा प्रमुख विकास के.सी.ले जानकारी गराए । जेष्ठनागरिकलाई प्रदेश सरकार मार्फत विगतका वर्षहरुमा एक आर्थिक वर्षमा तीन पटकसम्म स्वास्थ्यकर्मीहरु घरमै गएर जेष्ठ नागरिकको सामान्य स्वास्थ्य परिक्षण गर्ने,औषधी दिने,स्वास्थ्य परामर्श गर्ने काम गरिन्थ्यो । यस वर्षदेखी गाउँपालिकाले ‘उपाध्यक्ष कोसेली’ कार्यक्रम मार्फत जेष्ठनागरिकलाई कोसेली दिने कार्यक्रम सञ्चालनमा ल्याइएको स्वास्थ्य शाखा प्रमुख. केसी.ले बताए ।

    कार्यक्रम मार्फत गाउँपालिका भित्रका ८४ वर्ष माथिका एक सय ५० जना जेष्ठनागरिकलाई स्वास्थ्य परिक्षण संगै कोसेली उपलब्ध गराईने उनको भनाइ छ। कार्यक्रम मार्फत एक जेष्ठनागरिकलाई हरलेस,टबेल,पाउडर,साबुन,टोपी,मोजा,झोला लगायतका सामाग्रीहरु गरी दुई हजार ५ सय रुपियाँ बराबरको सामाग्री उपलब्ध गराईने स्वास्थ्य शाखा प्रमुख के।सी।ले बताए । बुधवारबाट सुरु गरिएको यो कार्यक्रम आगामी दुई हप्तासम्म चल्नेछ । जेष्ठनागरिकहरु स्वास्थ्यसंस्था तथा पालिकासम्म आउन नसक्ने भएकाले घरमै पुगेर यो सेवा दिईने समेत उनले बताए । जेष्ठनागरिकको स्वास्थ्य जाँचका क्रममा कुनै समस्या देखीएमा स्वास्थ्य संस्थामा रहेको औषधी निशुल्क रुपमा दिने र परामर्श समेत गरिने स्वास्थ्य शाखा प्रमुख के.सी.ले बताए । कार्यक्रम सञ्चालनका लागि पालिकाले चालु आर्थिक वर्षमा तीन लाख ७५ हजार रुपियाँ बजेट विनियोजन गरेको छ ।

    पालिका क्षेत्रभित्रका स्वास्थ्यकर्मी र पालिकाका कर्मचारी जनप्रतिनीधिको सल्लाहले यो कार्यक्रम उपयुक्त लागेपछि सञ्चालनमा ल्याईएको गाउँपालिका उपाध्यक्ष पवित्रा जिसीले बताइन । कार्यक्रम मार्फत पालिकाका ८ वटै वडा भित्रका ८४ वर्ष माथिका जेष्ठनागरिकलाई कोसेली उपलब्ध गराईने उनले बताइन । जेष्ठनागरिकलाई उपलब्ध गराएको कोसेली लामो समय निर्वाहका लागि नभएपनि केही टेवा पुग्ने विश्वास लिएको उनले जानकारी गराइन । कार्यक्रमको प्रभावकारीताको आधारमा आगामी वर्ष पनि समावेश गर्न सकिने उनको भनाई छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिकाले रुसमाथि व्यापार प्रतिबन्ध लगाउँदै
    बुधबार ५ सयले बढ्यो सुनको मुल्य !
    ताप्लेजुङमा आगलागीबाट ३३८ परिवार विस्थापित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकाले रुसमाथि व्यापार प्रतिबन्ध लगाउँदै

    • २. बुधबार ५ सयले बढ्यो सुनको मुल्य !

    • ३. ताप्लेजुङमा आगलागीबाट ३३८ परिवार विस्थापित

    • ४. कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोपमा महाप्रबन्धक पक्राउ

    • ५. बोलेरो ठक्करबाट किशोरीको मृत्यु

    धेरै पढिएको
    • १. जिल्ला स्तरीय टेबल टेनिसमा न्यु होराईजन प्रथम

    • २. सन्दीप लाहोर क्वालन्डर्सबाट पीएसएल खेल्ने

    • ३. हाइटीको जेलबाट २०० भागे, २५ को मृत्यु

    • ४. सुनको मूल्यमा सामान्य वृद्धि , कतिमा हुँदैछ कारोबार ?

    • ५. नेपाल नियमित रक्तदाता संघद्वारा ११५ पिन्ट रगत संकलन

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष: शिशिर के सी

    सम्पादक:किशोर पुन मगर

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.