• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    बुटवल football cricket खेलकुद koche nepal.com power news covid-19 sports प्युठान messi सिद्धार्थ गौतम बुद्ध क्याम्पस

मेरो जिन्दगी कागती खेतिमै बित्ने छ – कृषक आचार्य


  •     / २०७६, १ पुष मंगलवार प्रकाशीत

  • Advertisement

    सुबास बेल्बासे पौष १ अर्घाखाँची रुपन्देहीको बुटबलबाट बाइकमा करिब २ घण्टा २५ मिनेटको यात्रापछि अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं. १० हर्रेबर्रे पुगियो । त्यहाँ पुग्दा अग्ला व्यक्ति साधारण कपडा लगाएका हातमा पाइप लिएर सिचाईका लागि आफ्ना कामदारहरु संगै काम गरिरहेका थिए । यम मल्टी एग्रोका संचालक कृषक यमलाल आचार्य, हामीलाई देखेर आफ्नो कामलाई पन्छ्याएर हामी संगै गफिन थाल्नु भयो । कृषक आचार्यको सपना कृर्षि मै उदाहरणीय काम गर्ने छ । कागती खेतीको लागि उपयुक्त र हावापानी सुहाउँदो जमिन खोज्दै जादा जमिन भेटिएपछि विगत १० बर्ष देखि थोरै थोरै जमिन किन्दै व्यवसायीक कृर्षि खेतीमा लागेका हुन् । पुर्खैली घर प्युठान भई २ दशक देखि कपिलवस्तुमा सपरिवार बस्दै आएका आचार्यले विगत ३ बर्ष देखि अर्घाखाँचीको शितगंगा–१०, हर्रेबर्रेमा ५० हेक्टर जमिन किनेर कागती खेती गरेर बसेका छन् । विद्यालय स्तरको शिक्षा, प्लस टु र स्नातक सम्मको अध्ययन कपिलवस्तुमै सकेर स्नातकोत्तर पढ्नको लागि काठमाण्डौं गएका आचार्यले मेनपावर कम्पनीमा काम गरेरै ऐच्छिक नेपाली र राजनिति शास्त्र गरी २ वटा बिषयमा स्नातकोत्तर गरेका छन् ।

    केहि समय शिक्षण पेशामा आवद्ध भएपछि सबै कामलाई छोडेर आचार्य पुर्णकालिन रुपमा कागती खेतीमा लागेका छन् । घरपरिवारको खासै सहयोग नभएपनि कृर्षिमा भविष्य देखेर आफु यस पेशामा लागेको र अब शिक्षित व्यक्तिहरुले कृर्षि पढेर र बुझेर लागेमा मात्र कृर्षिबाट देशको समृद्धि हुने उनको भनाई छ । कृृषक आचार्य भन्छन्–“जस्ले जे भनेपनि अब मेरो सम्पुर्ण जीवन कागती खेती मै बित्ने छ ।” कृृषक आचार्यले करिब ३ करोड लगानी गरिसकेका छन् । आफ्नो लक्ष्य पुरा गर्नका लागि अझै २ करोड लगानी गर्ने योजनामा छन् । कागती खेती सुरु गरेको ३ बर्षमै आचार्यले १ क्वीनटल कागती उत्पादन गरेको तर कागती नबेचीकन हाईटेक नर्सरी मार्फत अन्य विरुवा उत्पादन गरेको बताए । उनको फर्ममा ४ जना स्थायी कर्मचारी रहेका छन् । सिजनमा ५ देखि ३० जना कर्मचारी थप्ने गरेका छन् । एक पटक लगाएको बिरुवाको उमेर सरदर २० देखि ३० बर्ष रहने उनको भनाई छ । कागती खेती ः– कृषक आचार्यको मुख्य खेती नै कागती खेती हो । भबिष्यको लक्ष्य नै कागती उत्पादन गर्नु हो । ५० हेक्टर जग्गा मध्ये ६० प्रतिशतमा कागतीका बिरुवा मात्र छन् ।

    कागती मात्र नभएर कृर्षि मध्ये अन्य उत्पादन पनि गर्ने आचार्यको लक्ष्य रहेको छ । अहिले सम्म १२ हजार ५ सय वटा कागतीका बिरुवा रोपेका छन् । ३ बर्ष अघि ३ सय वटा कागतीका बिरुवा रोपेका आचार्यले भने २ बर्ष अघि थप २ सय बिरुवा रोपेका थिए । अरु बाकी बिरुवा यस बर्ष मात्र रोपिएको हो । कागती खेतीको लागी यम मल्टी एग्रोले आर्थिक बर्ष २०७५÷७६ मा राष्ट्रिय फलफुल विकाश केन्द्र कीर्तिपुरबाट ३२ लाख २ रुपैया अनुदान समेत प्राप्त गरेको थियो । अबको केहि बर्ष देखि हरेक आर्थिक बर्षमा १ करोड बराबरको कागती बेच्ने कृषक आचार्यको योजना रहेको छ । कागती खेतीको लागि समुद्र सतहबाट ८ सय देखि १४ सय मिटर सम्मको उचाई उपयुक्त हुन्छ । कृषक आचार्य संग कागती खेतीको लागि आवश्यक पर्ने सम्पुर्ण औजारहरु पनि उपलब्ध रहेको छ । नर्सरी ः– कागती उत्पादन गरेर बेच्ने मात्र हैन । कागती खेती गर्न चाहाने कृषकलाई मध्यनजर गरेर नर्सरी मार्फत कागतीको बिरुवा उत्पादन गरी बेच्ने योजना कृषक आचार्यको रहेको छ । अहिले हाइटेक नर्सरी मार्फत बिरुवाको उत्पादन गरिरहेका छन् । हाइटेक नर्सरीमा एक पटकमा ५० हजार बिरुवाहरु उत्पादन गर्न सकिन्छ । साधारण नर्सरीमा भने एक पटकमा ५ लाख बिरुवा उत्पादन गर्न सकिने क्षमता रहेको छ । भविष्यमा हाइटेक तथा साधारण नर्सरीकै माध्यमबाट बिरुवा उत्पादन गरेर कागतीको बिरुवा बेच्ने योजना रहेको छ । माहुरी खेती ः– माहुरी खेती पनि त्यस ठाउँको लागि उपयुक्त रहेको र माहुरी चराउन अन्त लैजान नपर्ने भएकाले माहुरी खेतीको पनि बिस्तार हुने कृषक आचार्यको भनाई छ ।

    आचार्यको फर्ममा अहिले माहुरी सहितको घार १५ वटा छन् भने अनुदानबाट पाएको घार ८० वटा रहेका छन् । भबिष्यमा १ सय वटा घारमा माहुरी पालन गर्ने योजना रहेको बताए । सिँचाई ः– कागती खेतीको लागि सिँचाईको व्यवस्था पनि अत्यन्त जरुरी छ । तर आचार्यले कागती खेती गरेको ठाउँ डाँडामा भएकाले सिँचाईको समस्या रहेको छ । पानीको समस्या भएकाले त्यहाँको बस्ती नै कपिलवस्तु र रुपन्देहीको विभिन्न ठाउँमा बसाई सराई गरेका छन् । त्यहाँबाट विस्थापित भएका २१ घरधुरीको जग्गा खरिद गरी एग्रो फर्म संचालनमा ल्याएका हुन् । आफ्नै लगानीमा १६ लाख खर्च गरेर फर्म भन्दा करिब ३ सय मिटर तलदेखि मोटरको साहयताले सिँचाईको व्यवस्थाको लागि पानी तानेका छन् । आचार्यको ५० हेक्टर जमिनमा हिडेर घुम्नको लागि १ दिन लाग्न सक्छ । त्यसकारण उनले हरेक ठाउँमा सहज तरिकाले पुग्नको लागि आफ्नै लागनीमा मोटर बाटो बनाएका छन् । उनको आफ्नै फर्मको निजि जिप पनि रहेको छ । फर्ममा घुम्न आउन सम्पुर्ण पाहुनाहरुलाई आचार्यले जीपमै राखेर फर्ममा घुमाउने गर्दछन् । अहिले हर्रेबर्रे हुदै अर्घाखाँचीको चक्ला देखि दाङ्गको भालुवाङ जोड्ने टु ल्याण्ड पक्की सडक बन्दै छ । त्यहाँ रहेका स्थानिय संग कुरा गर्दा सडकको सुविधा पहिलै भएको भए बसाई सराई कम हुने बताए ।

    सडक बनाउँदा कृषक आचार्यको फर्ममा केहि नोक्सान भएतापनि भबिष्यमा सडकले धेरै फाईदा हुने र सडक बनेकोमा आफु साह्रै खुसी रहेको बताए । भबिष्यमा कृर्षि संगै स्थानिय पर्यटकलाई मध्येनजर गरी होटेल संचालन गर्ने योजना पनि बनाएका छन् । यम मल्टी एग्रो, कृषक आचार्यको एक्लो फर्म हो भने उनले सामुहिक रुपमा आफ्नो फर्म नजिकै आफु संगै अन्य ४ जना साथीहरु संग मिलेर हाम्रो एग्रो एण्ड रिसर्च सेन्टर प्रा.लि. संचालन गरेर बाख्रा पालन समेत गरेका छन् । करिब १२ सय बाख्रा पाल्न सक्ने बाख्रा खोर बनाएता पनि अहिले १ सय ७५ वटा बाख्राहरु रहेका छन् । अब चाडै अन्य बाख्रा थप्ने योजना ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सबै प्रदेशभर वर्षा र चट्याङको सम्भावना
    ‘सगरमाथा संवाद’ आजदेखि, एक सय ७५ विदेशी पाहुना काठमाण्डौमा
    आठ घण्टादेखि बिपी राजमार्ग अवरुद्ध, बेपत्ता महिलाको खोजी गरिँदै
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. पढ्ने विद्यार्थी नभएपछि बेनीका दुई विद्यालय बन्द

    • २. त्रि.वि द्वारा बि.बि.एस प्रथम वर्षको नतिजा सार्वजनिक

    • ३. आइपिएल २०२५ : पञ्जाब किंग्स ११ वर्षपछि प्लेअफमा

    • ४. सबै प्रदेशभर वर्षा र चट्याङको सम्भावना

    • ५. जलवायु अनुकूलनका लागि डिजिटल सारक्षरतामा जोड

    धेरै पढिएको
    • १. आठ घण्टादेखि बिपी राजमार्ग अवरुद्ध, बेपत्ता महिलाको खोजी गरिँदै

    • २. स्वर्गद्वारी नगरपालिका ‘पूर्ण खोप सुनिश्चिता तथा दिगोपना’ घोषित

    • ३. गुल्मीमा सिङ्गो गाउँ नै व्यावसायिक किबीखेतीमा

    • ४. आईपीएलका बाँकी खेलका लागि अस्थायी वैकल्पिक खेलाडी थप्ने अनुमति

    • ५. दिल्ली क्यापिटल्सले जेक फ्रेजर-म्याकगर्कको स्थानमा मुस्ताफिजुरलाई अनुबन्ध गर्यो 

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.