
काठमाडौं, १९ फागुन । उद्योगमा कार्यरत महिला कर्मचारीमाथि दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका मकवानपुरको हेटौँडास्थित रिद्धिसिद्धी सिमेन्ट उद्योगका महाप्रबन्धक लोकेन्द्र बहादुर मल्ललाई मङ्गलबार सात दिनको म्याद थप गरेको छ ।
उद्योगमै कार्यरत कर्मचारीलाई हातपात र दुर्व्यवहार गरेको भन्दै पीडितले उजुरी दिएपछि मल्ल पक्राउ परेका हुन् ।
महिला कर्मचारीमाथि महाप्रबन्धक मल्लले दुव्र्यवहार गरेको आरोपमा त्यहाँ कार्यरत कर्मचारी र स्थानीय बासिन्दाले हेटौँडाको चुरियामाईमा रहेको रिद्धिसिद्धी सिमेन्ट उद्योग दुई दिनदेखि बन्द गराएका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एसपी सोमेन्द्रसिंह राठौरले घटनाका विषयमा अनुसन्धान भइरहेको बताए ।