
काठमाडौं, १९ फागुन । अमेरिकाले मंगलबार रुसी अधिकारीहरु तथा व्यापारमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ। रुसका विपक्षी नेता एलेक्सी नभाल्नीलाई विष खुवाएर मार्न खोजेको तथा जेलमा हालिएको विरोधमा अमेरिकाले रुसका अधिकारी र व्यापारविरुद्ध प्रतिबन्ध घोषणा गरेको हो ।
राष्ट्रपति जो बाइडेन प्रशासनका वरिष्ठ अधिकारीहरुले को व्यक्तिमाथि प्रतिबन्ध लगाइने र कुन सामान रोकिने भन्ने खुलाएका छैनन् । यस्तै बाइडेन प्रशासनले अमेरिकी रसायन एवं जैविक शस्त्र नियन्त्रण तथा युद्ध उन्मूलन अधिनियमबमोजिम रुसलाई १५ किसिमका व्यापार तथा उद्यममा पनि प्रतिबन्ध घोषणा गरेको छ ।
बाइडेन प्रशासनले रुसलाई प्रतिबन्ध लगाउन युरोपेली संघ (ईयू) सँग समन्वय गरेको छ ।
ईयूले नभल्नी प्रकरणलाई लिएर केही रुसी अधिकारीमाथि प्रतिबन्ध लगाइसकेको छ। मंगलबार मात्रै ईयूले नभल्नीलाई जेल पठाउने निर्णयमा सहभागी अधिकारीमाथि प्रतिबन्धको घोषणा गर्यो।
ईयूले नभाल्नी प्रकरणमा यसअघि नै रुसका केही अधिकारीलाई प्रतिबन्ध लगाइसकेको छ । मंगलबार मात्रै ईयूले नयाँ प्रतिबन्ध घोषणा गरेको छ, जसमा नभाल्नीलाई जेल हाल्ने रुसका शीर्ष अधिकारीलाई निशाना बनाइएको छ ।