
काठमाडौँ, फाल्गुन २१ । नेपाल बैंक लिमिटेडमा विभिन्न पदमा करिब २०० जनालाई रोजगारको अवसर खुलेकाे छ । बैंकले सहायक प्रबन्धक, सिएतर्फ सहायक प्रबन्धक, आइटीतर्फ सहायक प्रबन्धक तथा
प्रदेशहरू अन्तर्गत सहायकहरू गरी १ सय ९२ कर्मचारीको माग गरेको छ ।
लोकसेवा आयोगको सहमतिअनुसार रिक्त रहेको पदहरुमा खुल्ला प्रतियोगिताबाट पदपूर्तिको लागि आवेदन मागिएको सो बैंकले जनाएको हो । उक्त दरखास्त आजदेसि चैत १२ गतेसम्म अनलाइन माध्यमबाट भर्न सकिने बैंकको भनाइ छ ।