काठमाडौँ, फाल्गुन २१ । सरकारले प्रतिवन्ध फुकुवा गरेपटि नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लव आज काठमाडौं आउँदैछन् ।
सरकार र विप्लव समूहबीच तीन बुँदे सहमतिपछि सम्बोधन गर्न काठमाडौँ आउने क्रममा विप्लव नवलपरासीमा सार्वजनिक भएका हुन् ।
सोही कार्यक्रमका लागि विप्लव काठमाडौं आउन लागेका हुन् ।
आज प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले एकै मञ्चबाट सम्बोधन गर्दैछन् ।
प्रतिबन्ध फुकुवापछि नवलपरासीमा शहीद परिवारलाई भेटेर विप्लव काठमाडौं आउन लागेको उनी निकट स्रोतले जनाएको छ ।







