
काठमाडौँ, फाल्गुन २१ । नेपालस्थित अमेरिकी दूतावासले एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्रदान गर्ने निर्णय गरेको जनाएको छ ।
नेपालस्थित अमेरिकी मिसनले खातुनलाई तेजाब आक्रमणको अन्त्यका लागि उनको निरन्तर कार्यका लागि प्रतिष्ठित पुरस्कार प्रदान गरिने सार्वजनिक गरेको हो । खातुनलाई फागुन २४ गते सोमबार राति सम्मान गरिने दूतावासले जनाएको छ ।
अमेरिकाले प्रायःजसो ठूलो व्यक्तिगत जोखिम र त्यागमा शान्ति, न्याय, मानव अधिकार, लैंगिक समानता र महिला सशक्तीकरणको वकालत गर्ने तथा असाधारण साहस र नेतृत्व प्रदर्शन गरेका विश्वभरका महिलाहरुलाई आईडब्ल्यूओसी पुरस्कारले सम्मान गर्दछ ।
मुस्कान यो पुरस्कार पाउने पहिलो नेपाली मात्र बनेकी छैनन्, उनी यो पुरस्कार पाउने सबैभन्दा कम उमेरकी व्यक्ति पनि बनेकी छिन् ।