• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

आपराधिक गतिविधि नियन्त्रण गर्न सिसिटिभी क्यामरा जडान


  •    सुचना डबली डेस्क / २०७७, २२ फाल्गुन शनिबार १०:२२ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    काठमाडौं, फागुन २२। सशस्त्र प्रहरी बल नेपाल छिन्नमस्ता बाहिनी मुख्यालय प्रदेश नं २ महोत्तरीले सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि तथा चोरी तस्करी नियन्त्रण गर्न प्रदेश २ को आठवटै जिल्लामा सिसिटिभी क्यामरा जडान गर्न थालेको छ ।

    भारतीय सीमासँग जोडिएको प्रदेश २ को सप्तरीदेखि पर्सासम्म ४६४ किलोमिटर जोडिएको सीमामा हुने आपराधिक गतिविधि तथा चोरी तस्करीलाई नियन्त्रण गर्न सीमा क्षेत्र तथा पूर्व–पश्चिम राजमार्गको मुख्य ठाउँमा करीब २०० जति सिसिटिभी क्यामरा जडान गर्न लागिएको प्रदेश २ का सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्रप्रकाश गौतमले राससलाई बताए ।

    बाराको सिम्रौनगढ नगरपालिका–९ बाँसबारीमा जडान गरिएको तीन वटा सिसिटिभी क्यामरा सञ्चालनमा रहेको छ भने सोही नगरपालिका–१ मा तीन, बेल्दारीमा दुई, कलैया उपमहानगरपालिका–१० मटिअर्वामा तीन, महागढीमाई नगरपालिका–७ बेनौलीमा तीन वटा क्यामरा सञ्चालन रहेको भने बरैनियामा तीन र कवहीगोठ–२ मा क्यामराको सामान उपलब्ध गराएको छ ।

    यसैगरी पर्साको वीरगञ्ज महानगरपालिका–१६ को भन्सार मूलद्वारमा चार, वीरगञ्ज महानगरपालिका–१ प्रगति नगरमा तीन, आदर्शनगरमा तीन, अलौमा चार, अमरपटिमा तीन, छिपहरमाई गाउँपालिका–५ भिस्वा सीमा क्षेत्रमा तीन, ठोरी गाउँपालिका–५ सुर्वणपुर बाघमोर्चामा तीन, सोही गाउँपालिका–२ ठुटे खोला र बजारमा दुई वटा क्यामरा जडान गरिने लक्ष्य रहेको बताइएको छ । ती जडान भएका सिसिटिभी क्यामराको सशस्त्र प्रहरीको जिल्ला कार्यालय तथा प्रदेश २ को मुख्यालयबाट सीमा क्षेत्रको गतिविधि हेर्न सकिने व्यवस्था गरिएको छ ।

    यसैगरी सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरीले आचरणविपरीत काम गरेको भन्दै प्रदेश २ भरि आठ सशस्त्र अधिकृतसहित ६० भन्दा बढीलाई कारवाही गरेको सो कार्यालयले जनाएको छ । सीमा क्षेत्रमा बढ्दै गएको आपराधिक गतिविधि तथा चोरी तस्करीलाई नियन्त्रण गर्न केन्द्रको निर्देशनअनुसार प्रदेशभरी सिसिटिभी क्यामरा जडान गर्न लागिएको हो । कतिपय ठाउँमा सिसिटिभी क्यामरा जडान भइसकेको छ भने अन्य ठाउँमा जडान हुन् बाँकी रहेको छ ।रासस

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    स्वर्गद्धारी जीप दुर्घटना : चारको मृत्यु, ११ घाईते
    स्वर्गद्वारीमा जीप दुर्घटना, २ जनाको मृत्यु
    एक महिनासम्म अनलाइन कक्षा सञ्चालन गर्ने सरकारको तयारी
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. अखिल नेपाल शिक्षक संघ जिल्ला कार्यसमितिको चाैथाे जिल्ला अधिवेशन सम्पन्न

    • २. स्वर्गद्धारी जीप दुर्घटना : चारको मृत्यु, ११ घाईते

    • ३. स्वर्गद्वारीमा जीप दुर्घटना, २ जनाको मृत्यु

    • ४. एक महिनासम्म अनलाइन कक्षा सञ्चालन गर्ने सरकारको तयारी

    • ५. चलचित्र “किन रुन्छ मेरो मन तिमी बिना”को पहिलो गित ‘मन डराउछ’ सार्वजनिक

    धेरै पढिएको
    • १. स्वर्गद्वारीमा जीप दुर्घटना, २ जनाको मृत्यु

    • २. एक महिनासम्म अनलाइन कक्षा सञ्चालन गर्ने सरकारको तयारी

    • ३. अखिल नेपाल शिक्षक संघ जिल्ला कार्यसमितिको चाैथाे जिल्ला अधिवेशन सम्पन्न

    • ४. चलचित्र “किन रुन्छ मेरो मन तिमी बिना”को पहिलो गित ‘मन डराउछ’ सार्वजनिक

    • ५. स्वर्गद्धारी जीप दुर्घटना : चारको मृत्यु, ११ घाईते

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष: शिशिर के सी

    सम्पादक:किशोर पुन मगर

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.