• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

ज्येष्ठ नागरिकलाई खोप लगाउन ४८ खोप केन्द्र तोकिए


  •    सुचना डबली डेस्क / २०७७, २२ फाल्गुन शनिबार प्रकाशीत

  • Advertisement

    काठमाडौं, फागुन २२। पैसठ्ठी वर्षमाथिका ज्येष्ठ नागरिकलाई यही फागुन २३ गतेदेखि कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ ।

    दोस्रो प्राथमिकताको पहिलो चरणमा बैतडी जिल्लाका पाँच स्थानीय तहका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने तयारी भएको हो । ती स्थानीय तहका प्रत्येक वडामा गरी ४८ खोपकेन्द्र तोकिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।

    यही फागुन २७ गतेसम्म सञ्चालन हुने अभियानमा खोप लगाउन आउने व्यक्तिले उमेर खुल्ने परिचयपत्र अनिवार्य ल्याउनुपर्नेछ । दश स्थानीय तहमध्ये चिकित्सक भएका पाँच स्थानीय तहमा मात्रै हाल खोप अभियान सञ्चालन गरिन लागिएको प्रमुख भट्टले बताए ।

    दशरथचन्द, पाटन, पुर्चौडी र मैलोली नगरपालिका तथा दोगडाकेदार गाउँपालिकामा खोप अभियान सञ्चालन हुनेछ । उनले भने, ‘खोप लगाइसकेपछि हुनसक्ने आवाञ्छित घटना व्यवस्थापन लागि चिकित्सकसहित मेडिकल टोली भएको स्थानीय तहमा अभियान सञ्चालन गर्दैछौँ ।’

    हाल जिल्लामा १३ हजार डोज खोप मौज्दात रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । यसअघि जिल्लामा दुई हजार ७०० बढीलाई कोरोनाविरुद्धको खोप लगाइसकेको छ । खोप लगाउने प्राथमिकताको पहिलो चरणमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वंयसेविका, सरसफाइकर्मी, शव व्यवस्थापनमा खटिएका कर्मचारी र दोस्रो चरणमा पत्रकार, कर्मचारी, सुरक्षा निकाय, जनप्रतिनिधिलगायतलाई खोप लगाइएको थियो ।

    पहिलो चरणका लागि जिल्ला अस्पतालमा मात्रै एउटा मात्रै खोप केन्द्र तोकिएको थियो भने दोस्रो चरणमा पाँच खोपकेन्द्र तोकिएका थिए । यसैबीच पहिलो चरणमा पहिलो डोज लगाएकालाई दोस्रो डोज वैशाख ७ गते र दोस्रो चरणमा खोप लगाएकालाई जेठ ९ गतेदेखि दोस्रो डोज दिइने जानकारी दिइएको छ । रासस

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.